समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी प्रहरीद्वारा २० हजार बराबरको पटका बरामद 

सप्तरी प्रहरीद्वारा २० हजार बराबरको पटका बरामद 
न्यूज टुडे
राजविराज, २६ असोज ।
सप्तरी प्रहरीद्वारा २० हजार बराबरको पटका बरामद गरेको छ । राजविराज नगरपालिका ७   भुतनाथ मन्दिर छेउबाट सोमबार  उक्त पटका बरामद गरिएको हो । 
पटक लुकाई राखेको सूचनाको आधार खानतलासी गर्दा प्रतिबन्धित पटका फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
प्रहरीका अनुसार स्पेनर ३ प्याकेट,कोराएर १२ प्याकेट,फूलझारी ठूलो १ प्याकेट,ड्रोन २ प्याकेट,सोर्वज ६ प्याकेट, ब्याक सेर्पेन्टर्स २ प्याकेट, रेड स्पाकेयर्स्स १५ प्याकेट,कुक्को २ प्याकेट,१५ सुट्स १० पीस गरि ४४ प्याकेट १० पिस बरामद गरिएको छ । 
बरामद पटका जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी आवश्यक कारबाही र अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए । 
बरामद पटकाको मूल्य २० हजार बराबर रहेको उनले बताए ।