न्यूज टुडे
राजविराज,२० असोज ।
सप्तरी प्रहरीद्वारा ४८ किलो गाँजा बरामद गरेको छ सप्तरीको सुरुङ्गा नगरपालिका ४ स्थित बलान खोलाको किनारबाट सोमबार उक्त गाँजा बरामद गरेको हो ।
प्रहरी चौकी मौवाहाबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र कुमार मण्डल र प्रहरी चौकी धाँतीबाट प्रहरी सहायक निरीक्षक राम नारायण यादव नेतृत्वको संयुक्त प्रहरी गस्ती टोलीले ०१ : ४० बजे उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बलान खोलाको पुल देखि दक्षिण भागमा गाँजा भरेको ३ वटा बोरामा १७ पोका गाँजा ल्याइरहेको अवस्थामा प्रहरीलाई देखेपछि बोरा छोडेर गाँजा तस्करहरु फरार भएको प्रहरीले जनाएको छ्व ।
बरामद गाँजा इलाका प्रहरी कार्यालय करोडबोनाको नियन्त्रणमा राखी थपा अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए ।