उत्तम आचार्य
कञ्चनरूप , २० असोज
सुनसरीको बराहक्षेत्र नगरपालिका–२, रेल्वेलाइनकी राधादेवी भट्टराई बेपत्ता भएकी छन् । मंगलबार बिहान मनिङवाकका लागि घरबाट निस्किएकी भट्टराई बेपत्ता भएकी हुन् ।
विहानै घरबाट निस्किएकी उनी हालसम्म घर नफर्किएपछि परिवारले खोजीका लागि अपिल गरेको छ।
परिवारका अनुसार भट्टराई मंगलबार बिहान घरबाट मनिङवाकका लागि निस्कएकी थिइन् । स्थानीयका अनुसार उनलाई बिहान करिब ७ बजेतिर बराहक्षेत्र–२ को तेह्र आरडीस्थित शिवालय मन्दिर आसपासमा देखिएको थियो। त्यसपछि भने उनको अवस्था बारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
परिवार तथा आफन्तले सम्भावित सबै स्थानमा खोजी गरिरहे पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि सर्वसाधारणसँग सहयोगको आग्रह गरिएको हो।
भट्टराईलाई कसैले देख्नुभएको, भेट्नुभएको वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुभएको भए उहाँका छोरा युवराज भट्टराईको मोबाइल नम्बर ९८४१६५८०२८ मा तत्काल सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।
साथै, नजिकको प्रहरी कार्यालयमा समेत जानकारी गराई खोजी कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।
उनको खोजीमा तपाईंको एउटा सेयरले पनि महत्वपूर्ण सहयोग पुग्न सक्छ। त्यसैले यो सूचना सकेसम्म धेरैजनासम्म पुर्याइदिन परिवारले सबैमा हार्दिक अनुरोध गरेको छ।