मोटरसाइकल दुर्घटनामा घाइते सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ स्थित विरेन्द्र बजारका ५५ बर्षीय दिपेन्द्र भगतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भगतको उपचारको क्रममा विराटनगरमा शुक्रबार मृत्यु भएको हो ।
स्वर्गीय दिपेन्द्र भगत । फोटो : न्यूज टुडे
मृतक भगतको शव परिक्षण पछि शनिबार विरेन्द्र बजार स्थित घरमा ल्याएर शनिबाररै सामाजिक परम्परा अनुसार अन्त्यष्टी गरिएको परिवारजनले जनाएको छ ।
गत २०८३ असोज १२ गते पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपनी सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ स्थित विरेन्द्र बजारमा दुई मोटरसाइकल वीच एक आपसमा ठक्कर खाँदा भगतसहित पाँच जना घाइते भएका थिए।
पूर्ववाटपश्चिम तर्फ जाँदै गरेको प्र २-०१-००२ प ४२८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र २-०१-००१ प ८६५५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको थियो ।
दुर्घटनामा ४२८९ नम्बरको मोटरसाइकल चालक भगतको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही मोटरसाइकलको पछाडी सवार उनकी श्रीमती अन्दाजी वर्ष ५० की आनन्द कुमारी भगत समेत घाइते भएकी थिइन् । उनको अवस्था भने सामान्य रहेको छ ।
दुर्घटनामा ८६५५ नम्बरको मोटरसाइकल चालक सप्तरी खडक नगरपालिका ८ बस्ने वर्ष ३१ को बिजय शर्मा, उनकी छोरी अन्दाजी वर्ष ७ की चाँदनी शर्मा र मोटरसाइकलको पछाडी सवार सोही स्थानका अन्दाजी वर्ष ३५ को दिनेश कुमार शर्मा घाइते भएका थिए ।
टाउको र शरीरको विभिन्न भागमा चोट लागि अवस्था गम्भीर रहेको दिपेन्द्र र घुँडा र हातमा चोट लागेर घाइते उनकी उनको श्रीमती आनन्द कुमारी दुबै जनाको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि तत्कालै न्युरो अस्पताल बिराटनगर तर्फ पठाएको थियो ।
अर्को मोटरसाइकल चालक विजयको शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएको, पछाडि सवार उनकी छोरीको पेटमा सामान्य चोट लागेको र दिनेशको टाउको र घुडामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते तीनैजनाको छिन्नमस्ता अस्पतालमा उपचार पछि घर फर्किएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए ।
दुर्घटना ग्रस्त दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखी घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए ।