• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विरेन्द्र बजारमा टिपरमा मोटरसाइकल ठोकिंदा एकजनाको मृत्यु, दुईजना घाइते 

विरेन्द्र बजारमा टिपरमा मोटरसाइकल ठोकिंदा एकजनाको मृत्यु, दुईजना घाइते 
न्यूज टुडे
राजविराज,१६ असोज । 
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर  ६ बिरेन्द्र बजारमा शुक्रबार टिपरमा मोटरसाइकल ठोकिंदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । दुर्घटनामा स्थानीय अन्दाजी  बर्ष ३३ को श्यामसुन्दर चौधरीको मृत्यु भएको हो । 
पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको म.प्र. ०१-००१क ०२९६ नम्बरको  टिपरको पछाडीको भागमा  सोही दिशाबाट तीब्र गतिमा आईरहेको  म.प्र. ०१-००४प ३२१६ नं.को मोटरसाइकल  ठक्कर खाँदा उक्त दुर्घटना भएको   प्रहरीले जनाएको छ । 
दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल .चालक चौधरीको प्रहरीले उद्वार गरी  उपचारका लागि तत्कालै अस्पताल पठाएको थियो ।  उपचारको लागी  गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पुर्‍याइएको चौधरीको उपचारको क्रममा चेकजाच गर्दा १५;४० बजे  चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 
मृतक चौधरीको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा रहेको तथा आवश्यक प्रक्रिया पुरा गरि आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
मोटरसाइकलको.पछाडी सवार सप्तकोशी नगरपालिका २ पर्साहाका  भिलाई चौधरीकी छोरी अन्दाजी बर्ष १५ की सुलेखा चौधरी  गम्भीर घाइते भएकी छन् । टाउको,हात र अनुहारमा चोट लागेको उनको  रायपुर स्थित युनिक अस्पतालमा उपचार भईरहेको तथा अबस्था गम्भिर  रहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले बताए । 
सोही दुर्घटनामा रुपनी गाउँपालिका ६ का शिवशंकर चौधरीकी छोरी अन्दाजी बर्ष १८ की अर्पिता चौधरी  समेत घाइते भएकी छन् । उनी सामान्य उपचार पछि  घरमै रहेको तथा उनको अवस्था सामान्य रहेको डिएसपी घिमिरेले बताए । 
,दुर्घटना ग्रस्त मोटरसाइकल र टिपर तथा  चालक जिल्ला सिरहा गोलबजार नगरपालिका  १० बस्ने बर्ष ३३ को दिपक बहादुर बि.क.  लाई जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा राखी घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी घिमिरेले जानकारी दिए ।