• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा गाँजासहित तीनजना पक्राउ
न्यूज टुडे
राजविराज,१५ असोज ।
सप्तरीको सप्तकोशी नगरपालिका १  फत्तेपुरबाट बिहिवार ९ किलो २७५ ग्राम प्रतिबन्धित लागूऔषध  गाँजासहित ३  तीन जना पक्राउ परेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका ८ का २८ बर्षिय शिवनारायण यादव,महादेवा गाउँपालिका ३ का  २३ बर्षीय ललित कुमार यादव र सप्तकोशी नगरपालिका १० का ४८ बर्षिय उपेन्द्र यादव पक्राउ परेका हुन् । 
कंचनपुर- फत्तेपुर सडकखण्ड अन्तर्गत सप्तकोसी नगरपालिका २ पेट्रोल पम्प नजिकबाट प्र.२-०२-००८ प ७०४८ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
 फत्तेपुर देखि कंचनपुर तर्फ जाँदै गरेको उनीहरु  तीनै जना सवार  मोटरसाइकललाई चेकजाँच  गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश क्याम्प फत्तेपुरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक अरुण पाण्डे , प्रहरी चौकी फत्तेपुरका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक नवीन कुमार झा र अस्थायी प्रहरी पोष्ट आम्वासी उदयपुरका प्रहरी हवलदार कालुराम माझी नेतृत्वको संयुक्त टोलीले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट  ९ किलो २७५ ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय कंचनपुरको नियन्त्रणमा राखी सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।