न्यूज टुडे
राजविराज,१५ असोज ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नं–१ मा बुधबार आगलागी हुँदा पचास हजार भन्दा बढीको क्षति भएको छ । स्थानीय रजाराम ठाकुरको घरमा साँझ ५ बजे अचानक आगलागी भएको हो ।
आगलागी हुँदा करिब ५० हजार रुपैयाँ बराबरको धान, गहुँ, चमाल लगायतका सामान जलेर नष्ट भएको पीडितले बताएका छन् । आगलागीबाट खाद्यन्न, लत्ताकपडा, फर्निचर लगायतका सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगो के कारणले लागेको हो भन्नेबारे हालसम्म खुल्न सकेको छैन ।
आगो कञ्चनरुप नगरपालिकाबाट गएको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
।
आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको तथा क्षतिको पूर्ण विवरणका लागि तथ्यांक संकलन भइरहेको प्रहरीले जनाएको छ ।