• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेपाली काँग्रेस शम्भुनाथको सभापतिमा भगत निर्वाचित

नेपाली काँग्रेस शम्भुनाथको सभापतिमा भगत निर्वाचित
न्यूज टुडे
राजविराज,१५ असोज । 
नेपाली काँग्रेस शम्भुनाथ नगरपालिकाको नगर सभापतिमा दुर्गानन्द भगत निर्वाचित भएका छन् । नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत शम्भुनाथ नगरपालिकाको बिहीवार सम्पन्न निर्वाचनमा भगत सभापतिमा निर्वाचित भएका हुन् । 
नेपाली काँग्रेस शम्भुनाथ नगरपालिकाको नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनपछि भएको मतगणनाको अन्तिम परिणाम अनुसार भगतले १ सय ४५ मत प्राप्त गरि निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी हेमकान्त चौधरीलाई ८ मतान्तरले पछि पार्दै भगत सभापतिमा निर्वाचित भएका हुन् ।  अर्का सभापतिका उम्मेदवार चौधरीले  १ सय ३७ मत प्राप्त गरेका छन् । 
सभापतिमा नवनिर्वाचित भगत शम्भुनाथ नगरपालिका २ का वडाध्यक्ष हुन् । 
यसैगरी उपसभापतिमा भगतको प्यानलबाट दिपा कुमारी दासले १ सय ४० मत प्राप्त गरी निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्दी सकुन सदायलाई १ मतले पछि पार्दै ऊनी उपसभापतिमा निर्वाचित भएकी हुन् । सदायले १ सय ३९ मत प्राप्त गरेकी थिएन । 
यसैगरी अर्को उपसभापतिमा भगत प्यानलकै महावीर ठाकुर १ सय ४९ मत प्राप्त गरि निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी सरिना कुमारी चौधरीलाई १८ मतको फराकिलो मतान्तरले पछि पार्दै ठाकुर उपसभापति निर्वाचित भएका हुन् ।  चौधरीले १ सय ३१ मत प्राप्त गरेकी छन् । 
यसैगरी अधिकांश पदाधिकारी तथा सदस्यहरु भगतकै प्यानलबाट निर्वाचित भएका छन् । 
कुल ५ सय ७६ खसेको मत मध्य २ सय ८२ मत सदर भएको तथा ६ मत बदर भएको निर्वाचन अधिकृत महेन्द्र यादवले बताए ।