सप्तरीको दुई गाउँ पालिकामा बुधबार एकै दिन प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा सरोज कुमार कर्ण र तिलाठी कोइलाडी गाउँपालिकामा रोशन कुमार दास हाजिर भएका हुन् ।
प्रमुख प्रशासकीयअधिकृत कर्णलाई स्वागत गर्दै अध्यक्ष चौधरीसहित अन्य जनप्रतिनिधि र कर्मचारी । फोटो : न्यूज टुडे
नवागंतुक प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्थानीय जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीहरुले स्वागत गरेका छन् ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पना कुमारी चौधरी, वडाध्यक्षहरु लगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालयमा स्वागत गरे ।
प्रमुख प्रशासकीय अधिकृत दासलाई खदा ओढाएर स्वागत गर्दै अध्यक्ष मण्डलसहित अन्य जनप्रतिनिधि तथा कर्मचारी । फोटो : न्यूज टुडे
यसैगरी तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दासलाई गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले खदा ओढाएर स्वागत गरे । उक्त अवसरमा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, गाउँसभा सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि स्थानीय तहहरुमा व्यापक रुपमा प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरि नयाँ जिम्मेवारीका साथ फरक पालिकामा पठाएको छ ।