• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

निमुखामाथि विद्यालयको  डण्डा :  चार कार्यालय सहयोगीको रोजगारी खोसियो

निमुखामाथि विद्यालयको  डण्डा :  चार कार्यालय सहयोगीको रोजगारी खोसियो
रामनाथ यादव
राजविराज , १३ असाेज ।
‘गरिवको चमेली बोल दिने कोही छैन’ यो चर्चित गीतको हरफले निमुखामाथि थिचोमिचो हुँदा पनि राज्य निरीह भएको स्पष्ट चित्रन गाराउँछ । यसैको पछिल्लो उदाहरणको रुपमा सप्तरीको एक विद्यालयका कर्मचारीहरुमाथि विद्यालय व्यवस्थापन समितिले डण्डा चलाउँदा चार कार्यालय सहयोगीको रोजगारी खोसिएको छ । 
यो घटना सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका – ७ स्थित लक्ष्मी ,वलल्भ,नर्सिङ माध्यमिक विद्यालय वभनगामाकट्टीको हो । विद्यालय व्यवस्थापन समितिको सोमबार बसेको बैठकले  विद्यालयमा कार्यरत कार्यालय सहयाेगीहरु राजदेव मण्डल,भूषण प्रसाद सिंह ,शिवशंकर मण्डल र भगवती प्रसाद यादव गरी चारजनालाई निलम्बन गरेको छ । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण यादवकाे अध्यक्षतामा सम्पन्न बैठकले आचरण विपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै चारैजनालाई निलम्बन गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ । 
 कुनैपनि कार्यालयमा मातहत कर्मचारीले गल्ती गरेको पाइएमा त्यसको जिम्मेवारी  कार्यालय प्रमुखले लिनुपर्ने हुन्छ । तर यहाँ कार्यालय प्रमुखलाई संरक्षण गर्न विद्यालय व्यवस्थापन समितिले निमुखा कार्यालय सहयोगीहरु माथि डण्डा चलाइएको छ ।
अब प्रश्न उठ्छ – कुनै पनि कार्यालयलाई विधि, प्रक्रिया र अनुशासनमा चलाउन नस्क्नु कार्यालय प्रमुखको असफलता होइन र ? यदी हो भने कार्यालय प्रमुखमाथि गर्नुपर्ने कारबाही किन कार्यालय सहयोगीमाथि भयो ।  प्रश्न उब्जिएको छ, 
निलम्बित कार्यालय सहयोगीहरुले आफुहरुको रोजीरोटी खोस्ने निर्णय प्रति असन्तुष्टि व्यक्त गरेका छन् । स्पष्टीकरणको मौका समेत नदिई निलम्बन गर्ने निर्णय अन्यायपूर्ण भएको उनीहरुको भनाइ छ । उनीहरुले विद्यालय समय बाहेक सामान्य खाजाको विषयलाई जोडेर व्यक्तिगत गोपनीयता भंग गरि बदनाम गरेको भन्दै आक्रोश पोखे । 
नियतबस सामाजिक संजालमा सार्वजनिक गरिएको भिडियोको निहुँमा रोजगारीबाट बन्चित गर्न खोजिएको उनीहरुको गुनासो छ । विद्यालयको कामकाज सकिएर साँझ  खाजा खाइरहेको अवस्थामा योजनाबध्द तरीकाले बदनाम गरेको कार्यालय सहयोगीहरुको दावी छ ।
केही समुहले अस्वाभाविक रुपमा लाभ उठाउने नियतबस यस्तो षड्यन्त्र रचेको र आपसी कुरा मिल्न नसकेपछि  दुईदिनपछि भिडियो सार्वजनिक गरि बदनाम गरेको निलम्बित एक कार्यालय सहयोगीको आरोप छ ।  
कार्यालय सहयोगीहरुले विद्यालय परिसरमा रक्सी पार्टी गरेको एक युट्यूवमा भिडियो सार्वजनिक भएको थियो । असाेज ७ गते वुधवार साँझको समयमा विद्यालयमा मासु र रक्सीको पार्टी गरेको तथा सो भिडियो असोज ९ गते सामाजिक संजालमा सार्वजनिक भएको थियो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण यादवले विद्यालय जस्तो पवित्र स्थलमा अमर्यादित गतिविधि गरेको भिडियो सार्वजनिक भएकोले उनीहरुलाई निलम्बन गरिएको बताए । निलम्बित चारैजनाको हाजिरी राेक्का समेत गरेको विद्यालयका प्रधानाध्यापक विपिन झाले जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ का पूर्व अध्यक्ष गाेविन यादवले  यस बारे निष्पक्ष छानबिन हुनुपर्ने बताउँदै त्यसमा संलग्न अन्य व्यक्ति दोषी ठहरिएमा कानून वमाेजिम कारबाहीको माग गरे । 
 वैठकमा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष हरिनारायण मण्डल, शिक्षा शाखा संयाेजक चन्द्रभूषण राय,स्थानीय वुद्विजिवी  दशरथ यादव,उपेन्द्र यादव,सूर्यनारायण मण्डल,विनाेद यादव,विन्देश्वरी यादव,प्रसनद साफी,रामविलास महताे,चिन्तन कुमार सिंह ,जाेगेन्द्र यादव,मनाेज रजक,अनिल यादव,अमिर महताे लगायत अभिभावकहरुकाे उपस्थिति रहेको थियाे ।