गठित समितिको उपसभापतिमा गजेन्द्र चौधरी,महिला उपसभापतिमा मिना यादव,सचिवमा महेन्द्र यादव लगायत ३२ सदस्य समिति चयन भएको निर्वाचन प्रमुख रामप्रसाद चौधरीले बताए ।
रुपनी गाउपालिकाको छ वटै वडाहरुबाट २८ जना प्रतिनिधिहरुको उपस्थितिमा सर्वसम्मत समिति गठन भएको उनले जानकारी दिए । महाधिवेशन प्रतिनिधि तथा अन्य प्रतिनिधि चयन गर्न बाँकी रहेको निर्वाचन प्रमुख चौधरीले बताए ।
रुपनी गाउँपालिका १ स्थित रुपनी बजारमा सम्पन्न अधिबेशन उद्घाटन समारोहमा जिल्ला सदस्य मुखिलाल यादव,रामचन्द्र यादव,क्षेत्र नम्बर ३ का सभापति भुपेन्द्र यादव,सचिव गजेन्द्र यादव, वडा नम्बर १ का वडा सभापति अभिनन्दन यादव लगायत रुपनी गाउँ पालिकाका छ् वटै वडाका वडा सभापतिहरु प्रतिनिधिहरु पार्टी नेताकार्यकर्ता तथा समर्थकहरुको उपस्थिति रहेको थियो ।