• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विरेन्द्र बजारमा दुई मोटरसाइकल ठोकिंदा पाँचजना घाइते : एक जनाको अवस्था गम्भीर

विरेन्द्र बजारमा दुई मोटरसाइकल ठोकिंदा पाँचजना घाइते : एक जनाको अवस्था गम्भीर
न्यूज टुडे
राजविराज,१२ असोज । 
पूर्व पश्चिम राजमार्ग  अन्तर्गत  सप्तरीको  रुपनी  गाउँपालिका वडा नम्बर ६ स्थित विरेन्द्र बजारमा सोमबार दुई मोटरसाइकल वीच एक आपसमा ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  पूर्ववाटपश्चिम तर्फ जाँदै गरेको प्र २-०१-००२ प ४२८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र २-०१-००१ प ८६५५  नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई उक्त दुर्घटना भएको हो । 
दुर्घटनामा  ४२८९ नम्बरको  मोटरसाइकल चालक सप्तरी रुपनी गाउँपालिका ६ बस्ने  अन्दाजी  वर्ष ५५ को दिपेन्द्र भगत, सोही मोटरसाइकलको पछाडी सवार उनकी श्रीमती अन्दाजी वर्ष ५० की आनन्द कुमारी भगत घाइते भएका छन् । 
यसैगरी ८६५५ नम्बरको  मोटरसाइकल चालक सप्तरी खडक नगरपालिका ८ बस्ने वर्ष ३१ को बिजय शर्मा, उनकी छोरी  अन्दाजी  वर्ष ७ की चाँदनी शर्मा र मोटरसाइकलको पछाडी सवार  सोही स्थानका  अन्दाजी वर्ष ३५ को दिनेश कुमार शर्मा घाइते भएको प्रहरीले जनाएको छ । 
टाउको  र शरीरको विभिन्न भागमा चोट लागि अवस्था गम्भीर रहेको दिपेन्द्र र घुँडा र हातमा चोट लागेर घाइते उनकी उनको श्रीमती  आनन्द कुमारी दुबै जनाको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको  लागि तत्कालै  न्युरो अस्पताल बिराटनगर तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आनन्द कुमारीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । 
अर्को मोटरसाइकल चालक विजयको शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएको, पछाडि सवार उनकी छोरीको पेटमा सामान्य चोट लागेको र दिनेशको  टाउको र घुडामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते तीनैजनाको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको तथा उनीहरुको अवस्था सामान्य रहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए । 
घटना स्थलमा इलाका प्रहरी कार्यालय रुपनीबाट प्रनानि तेजन लिम्बुको कमाण्डमा प्रहरी टोली खटि गई दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखी घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए ।