• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

एफएम रेडियाेकाे दर्ता तथा नवीकरण अब आम संचारप्राधिकरणले गर्ने

एफएम रेडियाेकाे दर्ता तथा नवीकरण अब आम संचारप्राधिकरणले गर्ने
न्यूज टुडे
राजविराज,०८ असोज । 
मधेस प्रदेश क्षेत्र भित्र संचालनमा रहेका एफ एम रेडियाे तथा टेलिभिजनकाे नविकरण अब आम संचार प्राधिकरणले गर्ने भएको छ ।  प्रदेशमा संचालित एफ एम रेडियाे तथा टेलिभिजनकाे फायलहरु बिहीवार सुचना तथा प्रशारण बिभागले आमसञ्चार प्राधिकरण मधेस प्रदेशलाई हस्तान्तरण  गरेकाे हो ।  
सुचना तथा प्रशारण बिभागकाे  काठमाडौ स्थित कार्यालयमा बपभागका  महानिर्देशक अनुप दहालले उक्त फायल आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खडगालाई हस्तान्तरण गरे । 
‘मधेस प्रदेशका  एफएम तथा टिभि सञ्चालकहरुहरु का लागि खुसीकाे कुरा हाे । नविकरण लगायतका समान्य कामका लागि राजधानी काठमाण्डौ धाउनु पर्ने बाध्यता समाप्त भयाे’  फायलहरु बुझे पछि  अध्यक्ष खडगाले भने ,’एफ एम रेडियाेकाे दर्ता तथा नवीकरण अब प्राधिकरणकाे कार्यालय जनकपुर मै हुने भयाे ।’  
नेपालकाे संविधान तथा मधेस प्रदेश सञ्चार ऐन  रेडियाे टिभिकाे दर्ता नविकररण  प्रदेसमै हुने ब्यवस्था छ । तर, सरकारी लापारवहीका कारण बिगत सात बर्ष देखि केन्द्र शासित सुचना बिभागबाट उक्त फायलहरु ल्याउने प्रयास नै भएन । जस कारण सञ्चार संस्था सञ्चालकहरुले पाउनु पर्ने सुबिधा बाट बञ्चित रहयाे भने, अर्काे तर्फ मधेस सरकारले बर्षेणी कराेड भन्दा बढि राजश्व गुमाउदै आएकाे थियाे ।
 प्रधिकरण अध्यक्ष  खड्गाले जिम्मेवारी  सम्हाले कै दिन देखि निरन्तर प्रयासरत रहेको बताउँदै यस प्रकरणमा रहेकाे थाेरैे कानुनी जटिलता समाधान गर्न मधेस सरकारका गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतनेकाे असाध्य  सहयाेग बताए । 
‘उहाँकेा र ततकालिन गृह सचिव गणेश नायककाे सहयाेगले रेडियाे टेलिभिजनकाे फायल प्राधिकरणमा ल्याउन सफल भयाै।’ उनले भने ,
हेर्दा समान्य लाग्न सक्छ तर, रेडियाे टेलिभिजनकाे फायल  प्राधिकरणमा ल्याउनु मधेस सरकारकाे ठुलाे उपलब्धि हाे ।  यसले संविधान प्रदत अधिकार प्राप्त गर्न सकेका छाै’ अध्यक्ष खड्गले, ‘रेर्डियाे टिभी सञ्चालकलाई सुबिधा प्रदान गर्न सकेका छाै ।’
 यस कार्यले मधेस प्रदेश सरकारलाई राजश्व उपलब्ध गराउने कार्यालयहरु मध्ये आमसञ्चार प्राधिकरण अग्रणी स्थानमा पर्ने भएकाे  बताउँदै अध्यक्ष खड्गले आमसञ्चार प्राधिकरणकाे पछिल्लो कार्य ठुलाे उपलब्धिकाे रुपमा लिएकाे भन्दै खुशी व्यक्त गरे ।