• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मोटरसाइकल चोरी आरोपमा चौधरी र विश्वकर्मा पक्राउ

मोटरसाइकल चोरी आरोपमा चौधरी र विश्वकर्मा पक्राउ
न्यूज टुडे
राजविराज, ०७ असोज । 
सप्तरीमा मंगलबार मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । खडक नगरपालिका ८ बस्ने ३० बर्षिय कृष्ण चौधरी र सोही स्थानका बर्ष ३० का मुकेश विश्वकर्मा पक्राउ परेका हुन् ।
शम्भुनाथ नगरपालिका ६ स्थित न्यू साह होटल अगाडिबाट प्र २-०१-००३ प ८७२६ नम्बरको मोटरसाइकल पार्किङ गरेको ठाउँबाट चोरी गरेको उनीहरुमाथि आरोप छ । 
मोटरसाइकल चोरी भएको प्रहरीलाई जानकारी हुन साथ इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल लिएर भाग्दै गरेको अवस्थामा बोदेबएसाईन नगरपालिका ५ बाट मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
मोटरसाइकलसहित रंगेहात पक्राउ परेको उनीहरु विरुद्ध चोरी कसुरमा मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए ।