न्यूज टुडे
राजविराज,०२ असोज ।
सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर – २ मा अवस्थित खुजश आधारभूत विद्यालय कमलपुरको लेटर प्याड र छाप दुरुपयोग गरेको प्रधानाध्यापक रविन्द्र यादवले आरोप लगाएका छन् । विद्यालय व्यवस्थापन समितिका केही सदस्यको मिलोमतोमा सोही विद्यालयका तृतीय श्रेणीका शिक्षक गोविन्द यादवले विद्यालयको छाप र लेटर प्याड दुरुपयोग गरेको उनले आरोप लगाएका हुन् ।
विद्यालयको छाप र लेटर प्याड आफूसँग भएको दावी गर्दै प्रधानाध्यापक यादवले गोविन्द सरले विद्यालय र प्रधानाध्यापकको छाप कीर्ते गरी दुरुपयोग गरि गाउँपालिका शिक्षा शाखामा पत्राचार गरेको बताए । विद्यालय व्यवस्थापन समितिको अल्पमतको निर्णय गरि तृतीय श्रेणीका शिक्षक गोविन्दले आफै प्रधानाध्यापक दावी गरि छाप र लेटर प्याड दुरुपयोग गरेको बताउँदै प्रधानाध्यापक यादवले आफू प्रधानाध्यापकको जिम्मेवारीमा रजुन्जेल अरु कोही प्रधानाध्यापक नभएको जिकिर गरे ।
शिक्षक यादवले विद्यालयको छाप र लेटर प्याड दुरुपयोग गरेको जिकिर गर्दै प्रधानाध्यापक यादवले राजगढ गाउँपालिकामा आवश्यक कारबाहीको लागि निवेदन दिएको बताए।
उनका अनुसार गाउँपालिकालाई लेखिएको पत्रमा जिल्ला प्रशासन कार्यालय सप्तरी,शिक्षा विकास तथा समन्वय इकाई सप्तरी,प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौ,गृह मन्त्रालय सिंहदरबार काठमाडौ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजगढ गाउँपालिका वडा २ नम्बर वडा कार्यालयलाई बोधार्थ पठाएको छ ।
निवेदनमा विद्यालयमा अनावश्यक विवाद सिर्जना गर्ने व्यक्तिहरु तथा कीर्ते ग्गरिएको लेटर प्याड र छाप बारे सत्यतथ्य छानवीन गरि संलग्न व्यक्तिहरुमाथि कडा कारबाहीको माग गरिएको छ ।
यता प्रधानाध्यापक रविन्द्र यादवको कारणले विद्यालयको भौतिक तथा शैक्षिक अवस्था अस्तव्यस्त भएको भन्दै विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निवेदन दिइएको छ । निवेदनमा राजगढ गाउँआलिका वडा नम्बर २ का अध्यक्ष जितेन्द्र कुमार यादव, विद्यालय व्यवस्थापन समितिका सदस्य रघुनन्दन यादव र मन्जु कुमारी ठाकुरले हस्ताक्षर गरेका छन् ।
वडाध्यक्ष यादवको अध्यक्षमा माथि उल्लेखित तीन जनाको उपस्थितिमा भएको बैठकले प्रधानाध्यापक यादवलाई पदमुक्त गर्ने तथा प्रधानाध्यापक यादव र शिक्षक शान्ति देवी यादवको नाउँमा रहेको विद्यालयको खाता रोक्का गर्ने र निमित्त प्र अ व्यवस्था गर्न गाउँपालिकालाई आग्रह गर्ने निर्णय गरेको पाइएको छ ।
यस विषयमा शिक्षक गोविन्द यादवसंग बुझ्ने पटकपटक प्रयास गर्दा सम्पर्क हुन स्स्केन ।
शिक्षा शाखा प्रमुख रामभगत मण्डलले विद्यालय व्यवस्थापन समितिको निर्णय शिक्षा शाखामा आएकोले यसबारे निर्णय भइ नसकेको बताए । प्रधानाध्यापक यादवको सरुवा विवादित भएपछि पुन: उनी सोही विद्यालयमै यथावत रहेकाले तथा निमित्त प्रधानाध्यापक गोविन्द यादवले निवेदन दर्ता गरेको उनले बताए ।
यस घटनाले प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितीको आन्तरिक विवाद पुनः सतहमा पुगेको छ । यस अघि पनि विवाद गाउँपालिका पुग्दा शिक्षा शाखामा तालाबन्दी हुँदा शिक्षा सम्बन्धि सम्पूर्ण कामकाज प्रभावित हुन पुगेको थियो ।
प्रधानाध्यापक रविन्द्र यादवको जनता माध्यमिक विद्यालय राजगढ ३ नर्घो सरुवाको विषयलाई लिएर वडा नम्बर २ का वडाध्यक्ष जितेन्द्र कुमार यादव नेतृत्वमा पुगेका केही विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले गाउँपालिकाको शिक्षा शाखा कार्यालयमा तालाबन्दी गरेपछि दुइपक्ष वीचको विवाद सार्वजनिक भएको थियो ।
दुईपक्ष वीचको विवाद सतहमा पुगेपछि वडाध्यक्ष यादवसहितकाले गाउँपालिकामा दवाव सिर्जना गरि प्रधानाध्यापक यादवलाई शंकर मावि सरुवा गर्ने निर्णय गरिएको थियो । प्रधानाध्यापक यादवले आफ्नो अपमान हुने गरि शिक्षा नियमावली विपरीत सरुवाको निर्णय विरुद्ध २०८३ भदौ ८ गते प्रशासन अदालत सिंहदरबारमा निवेदन दिएका थिए । निवेदनमाथि सुनुवाइ गर्दै प्रशासन अदालतले २०८३ भदौ १४ गते विपक्षी गाउँपालिका कार्यालय र शिक्षा शखाको नाउँमा निर्णय कार्यान्वयन नगर्न भनी अन्तरकालीन आदेश गरेको छ ।
प्रशासन अदालतको आदेशपछि आक्रोशित वडाध्यक्ष यादवसहितका ५- ६ जनाको समुहले २०८३ भदौ ४ गते राजगढ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।
प्रधानाध्यापक यादवको रमना,खाजा, छात्रवृत्ति, पोशाकमा भएको अपारदर्शीतालगायत विद्यालयको शैक्षिक सुधारको विषयमा विगत चारबर्षदेखि गाउँपालिका शिक्षा शाखामा निवेदन गर्दा सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको वडाध्यक्ष यादवले बताए ।
विद्यालयको समग्र विषयमाथि शिक्षा शाखा प्रमुखको भुकिका सकारात्मक नदेखिएको तथा जवाफदेही नभएको,आफ्नो दायित्व र कर्तव्य निर्वाहबाट पन्छिन्ने गरेको उनीहरुको आरोप थियो ।