न्यूज टुडे
राजविराज,०१ असोज ।
सप्तरी प्रहरीले सुनको सिक्री चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । बाराको बारागढी गाउँपालिका ३ सिपरु टोल बस्ने अन्दाजी बर्ष २५ को निरज कुमार रायलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
राजविराज नगरपालिका १ बस्ने अन्दाजी बर्ष ३५ को रोकी झाको सुनको सिक्री चोरी गरेको आरोपमा रायलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
२०८३ भदौ २० गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा राजविराजमा आयोजित रथ यात्रामा सहभागी भएका झाले गलामा लगाएको २६.२४० ग्रमको सुनको सिक्री चोरी गरि राय फरार भएका थिए ।
सिक्री चोरी गरि फरार भएका रायलाई खोजतलास गर्ने क्रममा बाराको बारागढी गाउँपालिका ३ सिपरु टोलबाट भदौ २९ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याई चोरी कसुरमा मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए ।