• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम 

राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम 
न्यूज टुडे
राजविराज,२८ भदौ ।
राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम प्रसाद सिंह निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा १ सय १८ मत प्राप्त गरी सि्ह अध्यक्षमा निर्वाचित भएका हुन् । 
उनका निकटतम प्रतिद्वन्द्वी नबीन कुमार सिंहले ७१ मत प्राप्त गरे । अध्यक्ष पदका अर्का उम्मेदबार देव बहादुर कटुवालले ७ मत प्राप्त गरे ।
उपाध्यक्षमा बिनोद कुमार पाण्डे १ सय मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द उमा शंकर देवले ९५ मत प्राप्त गरे ।
सचिवमा पार्वती कुमारी जोशी १ सय ११ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी राम कुमार यादवले ८५ मत प्राप्त गरे ।
सह–सचिव पदमा अस्मिता थापा १सय ७ मतसहित विजयी हुँदा उनकी प्रतिद्वन्दी सुनिता कुमारी दासले ८५ मत प्राप्त गरिन् ।
कोषाध्यक्ष पदमा भने भोगी लाल यादव र उपेन्द्र यादवले समान ९४–९४ मत प्राप्त गरेका थिए । यसपछि गोला प्रथा गर्दा भोगी लाल यादव विजयी भएका छन् ।
सदस्यहरुमा दिलिप यादव १ सय १०, सतिश कुमार दत्त १सय ३, दिनेश कुमार सिंह, १सय १, बालकृष्ण कार्की १सय १, सुरेन्द्र प्रसाद यादव १ सय , सन्तोष कुमार चौधरी ९९, डा. शिबनारायण यादव ९७ र रामनारायण चौधरी ९५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
पार्षदहरुमा अशोक कुमार झा १ सय ३७, नारायण प्रसाद साह १ सय ३०, बालकृष्ण ढृुँगाना १ सय १९, कौशलकिशोर दत्त १ सय १५, डा. देबनारायण यादव १ सय ८, सुधा देव १ सय९, श्याम पोखरेल १सय १, सत्यनारायण साह ९४ र अजय कुमार चौधरी थारु ९२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
कुल २ सय १७ मतदाता रहेको बारमा १ सय ९९ जनाले मतदान गरेका थिए । मतदान गरेकामध्ये ११ वटा मत बदर भएको थियो ।