• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेस कृषि विश्वविद्यालयद्वारा मन्त्री पोखरेललाई ज्ञापनपत्र

मधेस कृषि विश्वविद्यालयद्वारा मन्त्री पोखरेललाई ज्ञापनपत्र
न्यूज टुडे
राजविराज ,२८ भदौ
मधेस कृषि विश्वविद्यालयद्वारा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । राजविराजमा आइतबार आयोजित एक कार्यक्रममा विश्वविद्यालयको तर्फबाट मन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । 
 मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. श्री भगवान ठाकरको नेतृत्वमा प्राध्यापक तथा कर्मचारीहरुले मायाको चिनो सहित  मन्त्री पोखरेललाई  विभिन्न माग राखी ज्ञापनपत्र  बुझाएका हुन् ।
प्रादेशिक विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय सरह व्यवहार, विश्वविद्यालय अनुदान आयोग लगायत अन्य निकायबाट नीतिगत, शैक्षिक, आर्थिक सहयोग उपलब्ध गराउन ज्ञापनपत्रमा माग राखिएको छ । 
यसैगरी समन्वय तथा स्नातक तहको विद्यार्थी भर्नाका लागि एकीकृत प्रवेश परीक्षा र प्रदेशमा जहाँ तहाँ खोलिने कृषि कलेजलाई यसै विश्वविद्यालय अन्तर्गत समावेश गर्न जोडदार माग गरिएको छ । 
 मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार  डा. ठाकर अनुसार नेपाल पाठ्यक्रम विकाश केन्द्र सानोठिमि भक्तपुरको आयोजनामा तथा शिक्षा तथा समन्वय ईकाई सप्तरीको सहकार्यमा माध्यमिक स्तरसम्मको गुणस्तरीय शिक्षाको लागि पाठ्यक्रम सुधार गर्न आयोजित सुझाव संकलन कार्यक्रममा मन्त्री पोखरेललाई विश्वविद्यालयको तर्फबाट ज्ञापनपत्र बुझाएको हो । 
राजविराज  नगरपालिकाकी  कार्यवाहक मेयर ईसरत परविनको  अध्यक्षतामा आयोजित  कार्यक्रममा अभिभावक, विद्यालय व्यवस्थापन समिति पदाधपकारी, शिक्षक, शिक्षा विज्ञ तथा विद्यार्थीहरूको सहभागिता थियो । 
मधेश कृषि विश्वविद्यालयको कृषि महाविद्यालयको हलमा कार्यक्रम आयोजना गरिएको थियो ।