समाजका मान्यजन रामशरण साहको अध्यक्षतामा गौशाला स्थित सहलेश मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समाजका केन्द्रीय अध्यक्ष सत्रुधन प्रसाद साह र विशिष्ट अतिथिमा संस्थापक महासचिव महेश साह रहेका थिए ।
कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष साहले राज्यको सम्पुर्ण अंगमा भागेदारीका लागि यस जातिलाई जनजातिमा सुचिकृत गराउनु मर्नेमा जोड दिए । उनले पहिचान ,प्रतिनिधित्व र हक अधिकार सुनिश्चितताका लागि राष्ट्रिय एकता कायम गर्न स्वजातिहरुलाई एकजुट।हुन आग्रह गरे ।
जातिय उत्थानका लागि शिक्षामा जोड दिदै प्रमुख अतिथि अध्यक्ष साहले हलुवाई पेशामा स्वच्छता, निरन्तरता दिन आव्हान गरे ।
अधिबेशन उद्घाटन समारोहमा समाजका मधेस प्रदेश अध्यक्ष रामशंकर साह,केन्द्रीय सदस्य राजेन्द्र साह,प्रदेश महासचिव वंशराज साह, सचिब लक्षमण साहको उपस्थिति थियो ।
अधिबेशन उद्घाटन समारोह अगाडि झाकी सहित बजार परिक्रमा समेत गरेका थिए । अधिबेशनले जिल्ला कार्य समिती चयन गर्नुको साथै नयाँ नीति तथा कार्यक्रम ल्याउने जनाएको छ ।