• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रावि तहमा आउँदैन विद्यार्थी : पढाउँदैन शिक्षक

प्रावि तहमा आउँदैन विद्यार्थी : पढाउँदैन शिक्षक
रामनाथ यादव
राजविराज , २७ भादाै
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ स्थित  रहेको महावीर माध्यमिक विद्यालय हनुमाननगरमा प्रावि तहमा न्यून संख्यामा विद्यार्थी हाजिर हुने गरेका छन् । विद्यार्थी नै उपस्थित नभएपछि शिक्षकहरुले समेत पढाउन छोडेका हुन् । 
विद्यालयमा दुईदिन छडके गर्दा शुक्रबार  विहान ११ वजे विद्यालयकाे वालविकास कक्षाकाेठामा नत विद्यार्थी , नत शिक्षक उपस्थित , विद्यालयकाे काेठा पनि बन्द पाइएको  अभिभावकहरु बताउँछन् । 
‘ विद्यालयको अवस्था लथालिङ्ग छ’ आउदैन विद्यार्थी पढाउँदैन शिक्षक’ एक अभिभावकले भने ‘यता कक्षा एक ,दुई ,तीन र चार कक्षाकाेठामा विद्यार्थी नभएर कक्षाकाेठा  बन्द  हुन्छ।’
विद्यालय अनुगमनमा पुगेका एक अभिभावकका अनुसार कक्षा पाँचमा ६  जना मात्र विद्यार्थी उपस्थित रहेको र एक शिक्षकले पढाउँदै गरेको पाइयो  । प्रावि तहमा रजिस्टरमा इमिस अनुसार २८ जना विद्यार्थीकाे नाम रहेको मध्ये दैनिक ६ जना मात्रै उपस्थित हुने गरेका छन् । 
 वालविकास देखि कक्षा ४ सम्मकाे विद्यार्थी आउन छाडेका छन । कक्षा ५ र ६ को पढाइ एउटै कोठामा हुदै आएको छ ।’  उनले भने
 नजिकै निजी विद्यालयहरु संचालनमा रहेकाले प्रावि तर्फ विद्यार्थी नै भर्ना गर्न नआउने विद्यालयका प्रधानाध्यापक गणेशी यादवले बताए । उनले स- सानावालवालिकाहरु निजी विद्यालयमा पढ्ने गरेकोले प्रावि तहमा विद्यार्थी कमि रहेको वताए ।  
प्रावि तहमा ३ जना स्थायी , एकजना राहत र एकजना वालविकास शिक्षक गरि पाँच जना शिक्षक  कार्यरत रहेको छ । भने ६ जना विद्यार्थी उपस्थित हुने गरेको छ  । याे विद्यालयमा कक्षा १२ सम्मकाे पढाइ हुदै आएको छ ।विद्यालय छ,शिक्षक छ , तर प्रावि तहमा आउँदैन विद्यार्थी,पढाउँदैन शिक्षक किन ? अभिभावकहरु प्रश्न गर्छन् ।
विद्यालयले ६ जना वालवालिकाहरुलाई पनि दिवाखाजावाट वन्चित गर्नु विद्यालयकाे गैरजिम्मेवारी रहेको स्थानीयले बताउँछन् ।
 बालविकास  देखि कक्षा ५ सम्म इमिस अनुसार  जम्मा २८ जना विद्यार्थी मात्र रजिस्टरमा  रहेको छ । वालविकास देखि ५ कक्षा सम्म मात्र ६ जना विद्यार्थी उपस्थित भएकोले कक्षा ५ काे मात्र पठनपाठन हुदै आएको  छ ।
 विद्यालयका अनुसार  पछिल्ला शैक्षिक सत्रमा विद्यार्थी संख्या घट्दो क्रममा देखिएको छ । कतै विद्यालय छन् त , विद्यार्थी छैनन्। कतै शिक्षक छन्, तर अनुपातअनुसार पढाउने बालबालिका छैनन्।
प्रधानाध्यापक  यादवका अनुसार विद्यालयमा दिनानुदिन  विद्यार्थी संख्या घटदै आएको छ। यहाँ अभिभावकले आ-आफ्ना छाेराछाेरीलाई निजी विद्यालयमा पढाउँने गरेकोले सामुदायिक विद्यालयमा प्रावि तहमा विद्यार्थी संख्या कमि रहेको उनलेे वताए   । तर कक्षा ६ देखि विद्यार्थीकाे चाप निकै नै रहेकाे प्रधानाध्यापक यादवले वताए  । 
गरिव,असहाय ,विपन्न वर्गका अभिभावकले निजी विद्यालयमा पढाउन नसक्ने परिवारका बालबालिका मात्र यस  विद्यालयमा आउने गरेकाले विद्यार्थी संख्या न्यून हुने गरेको उनले वताए ।
सामुदायिक विद्यालयमा प्रावि तहमा अंग्रेजी माध्यम पठनपाठन लागु भएमा विद्यार्थी संख्यामा वृद्धि हुने अभिभावकले वताए ।
 शिक्षा शाखा अधिकृत हरि नारायण साहले  नगरपालिका अन्तर्गतका सबै विद्यालयमा प्रावि तहमा विद्यार्थीकाे संख्या न्यून रहेको बताए  । हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गत ३० वटा सामुदायिक विद्यालय मध्ये पाँचवटा विद्यालयमा मात्र खाजा संचालन रहेको शिक्षा शाखा प्राविधिक संजित कुमार मंडलले जानकारी दिए ।