• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तीज पर्वको पुर्व सन्ध्यामा त्रीरत्न गुम्बा सरसफाइ

तीज पर्वको पुर्व सन्ध्यामा त्रीरत्न गुम्बा सरसफाइ
न्यूज टुडे
राजविराज,२७ भदौ । 
हिन्दु धर्मावलम्बी नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सप्तरीको अग्नीसाइर कृष्णासवरन २ अवस्थित त्रीरत्न गुम्बामा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । नेपाल तामाङ घेदुङ अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ वडा कार्यसमितिद्वारा तीज पर्वको पुर्वसन्ध्यामा शनिबार सरसफाइ कार्यक्रम आयोजना गरेको हो । 
नेपाली नारीहरुले मनाउने तीज पर्वको महत्वलाई थप उचाइमा पुर्‍याउन सरसफाइ कार्यक्रमले सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । 
नेपालमा मनाइने चाडपर्व र विभिन्न धार्मिक समुदाय वीचको आपसी एकता, भाइचारा, सामाजिक सद्भाव, धार्मिक तथा साँस्कृतिक सहिष्णुतालाई थप प्रगाढ राख्न समाजमा  असल र सकारात्मक संदेश प्रवाह गर्न कार्यक्रम सार्थक हुने नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष समेत रहेको स्थानीय सुर्यमान तामाङले बताए । त्रीरत्न गुम्बा निर्माण कार्यले पूर्णता नपाउँदा पानी, विजुली जस्ता आधारभुत आवश्यकताताको अझै अभाव रहेको जानकारी दिदै  उनले गुम्बाको भौतिक पूर्वाधार विकासका लागि चौतर्फी साथ सहयोगको महसुस गरिएको बताए । 
अध्यक्ष तामाङले कार्यक्रमले विकासको कार्यमा सरकारको मात्र मुख ताक्ने परम्पराबाट माथि उठ्न पर्छ भन्ने समाजमा सचेतना जागृत हुने विश्वास व्यक्त गरे । 
गुम्बा सरसफाइ कार्यक्रममा नेपाल तामाङ घेदुङ आबद्ध सदस्य तथा स्थानीय बौद्ध धर्मावलम्बीहरुको सहभागिता रहेको थियो ।