• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गजेन्द्रनारायण सिंह अस्पतालका एक चिकित्सकसहित छ जनामाथि कारबाही

गजेन्द्रनारायण सिंह अस्पतालका एक चिकित्सकसहित छ जनामाथि कारबाही
न्यूज  टुडे
राजविराज,२६ भदौ। 
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका एक चिकित्सकसहित ६ जनालाई कारबाही गरिएको छ । सडकमा एक आमाले बच्चा जन्माउन बाध्य भएको घटनामा  एक चिकित्सकसहित छजना कर्मचारीलाई कामकाजबाट हटाइएको हो ।
राजविराज नगरपालिका १४ पर्साहीकी प्रसुति गराउन आफ्‌ना श्रीमान हरेराम पासवानसँगै  मंगलबार राति अस्पताल आएकी बबिताले बुधबार बिहान ४ः३० बजे सडकमै बच्चा जन्माएकी थिइन् । स्वास्थ्य परिक्षण गर्न खर्च अभाव भएपछि अस्पतालले पासवानलाई उपचारमा बेवास्ता गर्दै बाहिर निकालिएको भनी अहिले सर्वत्र आलोचना भएको छ । 
उक्त घटनामा ध्यानाकर्षण भएको जनाउँदै अस्पतालले शुक्रबार एक चिकित्सकसहित ६ कर्मचारीलाई कामकाजबाट हटाएको जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार डा. उषा देव, स्टाफ नर्स अनिता कुमारी साह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर केष्णा मेहतर र सुरक्षा गार्ड देबकान्त झालाई काजमकाजबाट हटाइएको छ । 
घटनाको सम्बन्धित गठन भएका विभिन्न समितिहरुको अन्तिम प्रतिवेदन प्राप्त नभई अर्को व्यवस्था नभएसम्मका लागि उनीहरुलाई कामकाजबाट हटाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए ।
पासवानले प्रसव पिडा सहेर अस्पतालको गेटमा शिशुको जम्मा दिएको कहालीलाग्दो घटना सार्वजनिक भएपछि अस्पताल प्रशासन र संलग्न चिकित्सक तथा कर्मचारीमाथि कारबाही गर्न चौतर्फी दवाव सिर्जना भएको छ । 
सुत्केरी गराउन अस्पताल आएको महिलामाथि अमानवीय व्यवहार भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कडा कारबाहीको माग गर्दै पीडित महिलाको आफन्त तथा स्थानीयबासीले शुक्रबार  जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि विरोध प्रदर्शन समेत गरेका छन् ।