उत्तम आचार्य
कञ्चनरूप , २६भदौ ।
वैदिक सनातन धर्मावलम्बीहरूले .शुक्रबार देशभरी कुशे औसी पर्व मनाएको छ । देवकार्य तथा पितृकार्यका लागि आवश्यक पर्ने कुश घर-घरमा भित्र्याएर कुशे औंसी पर्व मनाएको हो ।
यस दिनलाई नेपाली समाजमा “बुवाको मुख हेर्ने दिन” वा “पितृ सम्मान दिवस” का रूपमा समेत विशेष उत्साहका साथ मनाइन्छ।
यस दिन छोराछोरीहरूले आफ्ना जीवित बुवालाई मनपर्ने मीठा-मीठा परिकार, फलफूल र वस्त्र उपहार दिएर, गोडा ढोगी आशीर्वाद लिने गर्दछन्। बुवाप्रति आदर र कृतज्ञता प्रकट गरिने यो पर्वले पारिवारिक सम्बन्धलाई थप प्रगाढ र आत्मीय बनाउने विश्वास गरिन्छ। हिन्दु धर्मशास्त्रमा बुवालाई देवता समान (पितृदेवो भव) मानिएकाले यस दिनको महत्व विशेष रहेको संस्कृतिविद्हरूको भनाइ छ।
यसैगरी, दिवंगत पिताका नाममा तर्पण र पिण्डदान गर्नेहरूक शुक्रबार काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहानैदेखि ठूलो घुइँचो लागेका छन् । गोकर्णमा गएर गरिने श्राद्ध र तर्पणले पितृहरू तृप्त हुने पौराणिक मान्यता रहेकाले यस औंसीलाई ‘गोकर्णे औंसी’ पनि भनिन्छ। उपत्यका बाहिरका अन्य पवित्र तीर्थस्थल र नदी किनारहरूमा पनि पितृहरूको स्मरणमा श्राद्ध गर्ने भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गरेको पाइन्छ ।
यस दिन धार्मिक विधिअनुसार पुरोहितहरूले मन्त्रोच्चारण गरी उखेलेको पवित्र कुश भक्तजनहरूले आफ्नो घरमा राख्ने गर्दछन्। वैज्ञानिक दृष्टिकोणले समेत विकिरण रोक्न सक्ने क्षमता भएको कुशलाई घरमा राख्दा नकारात्मक ऊर्जा नष्ट हुने र परिवारमा सुख, शान्ति छाउने जनविश्वास छ।
नेपाली समाजमा पश्चिमा संस्कृतिभन्दा धेरै पहिले, पौराणिक कालदेखि नै बुवा र प्रकृतिको सम्मान गर्ने यो मौलिक परम्परा निरन्तर चल्दै आएको छ।
उपत्यका बाहिरका अन्य पवित्र तीर्थस्थल र नदी किनारहरूमा पनि पितृहरूको स्मरणमा श्राद्ध गर्ने भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गरेको पाइन्छ ।
नेपाली समाजमा पश्चिमा संस्कृतिभन्दा धेरै पहिले, पौराणिक कालदेखि नै बुवा र प्रकृतिको सम्मान गर्ने यो मौलिक परम्परा निरन्तर चल्दै आएको छ।