• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

भाँडा अभावको बहाना : पाँचबर्षदेखि  वालवालिका दिवाखाजवाट वन्चित 

भाँडा अभावको बहाना : पाँचबर्षदेखि  वालवालिका दिवाखाजवाट वन्चित 
रामनाथ यादव
राजविराज , २५ भादाै ।
सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका १० स्थित जनता आधारभूत विद्यालय इनर्वामा  भाँडा अभाव देखाएर पाँच वर्षदेखि खाजा कार्यक्रम बन्द रहेको छ । पाँच बर्ष अगाडि खाजा पकाउने भाँडा चोरी भएपछि विद्यालयले खाजा कार्यक्रम स्थगित गर्दा वालवालिकाहरु दिवाखाजावाट वन्चित भएको हो । 
बालबालिकाको खाजा खाने अधिकार हनन गर्नु स्थानीय सरकारले सराहनीय अपराध गरेको स्थानीयहरुकाे आराेप रहेको छ । वि.स.२०७८ सालमा विद्यालयमा ल्यापटप र खाजा पकाउने ग्यास सिलिन्डर ,चुल्हो लगायतका सामग्री चाेरी भएको दिनदेखि अहिलेसम्म विद्यालयले वालवालिकाहरुकाे दिवाखाजा बन्द गरिएको एक शिक्षकले वताए ।
विद्यालयमा खाजा बनाउने सामग्री चोरी हुनु र त्यसका कारण बालबालिकाको खाजा नै बन्द हुनुले विद्यार्थीहरूको स्वास्थ्य र पढाइ दुवैमा नकारात्मक असर पर्ने भन्दै स्थानीयले आक्रोश पोखेका छन् । यस्तो अवस्थामा विद्यालय प्रशासन, व्यवस्थापन समिति र स्थानीय तहले चाडैं नै समस्यालाई समाधान गर्न र खाजा कार्यक्रम पुनः  संचालन  गर्ने प्रति नगरपालिका चुकेको स्थानीयको भनाइ छ  । 
विद्यालयका प्रधानाध्यापक प्रवेश झाले  विद्यालय आएको पाँच महिना मात्र  भएको बताउँदै विद्यालयमा खाजा संचालनका लागि खाजा वनाउने सामग्रीकाे माग गरेको बताए । उनले खाजा कार्यक्रम चाडैं नै  संचालन गर्ने वताए । प्रधानाध्यापक झालेअहिले भरखरै कार्यालय सहयाेगीकाे अवकाश भएको हुँदा जनशक्ति पनि अभाव रहेको वताए । विद्यालयमा बाल कक्षा देखि ७ कक्षा सम्म जम्मा २ सय २६ जना वालवालिकाहरु अध्ययनरत रहेको उनले जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरि नारायण साहले विद्यालयमा रहेको खाजा वनाउने सामग्री चाेरी भएकोले खाजा संचालनमा समस्या भएको बताए । उनले  यसकाे समाधान छिटै नै गर्ने प्रतिवद्वता व्यक्त गरे ।
 विद्यालय र नगरपालिकाकाे लापरबाहीले अहिलेसम्म वालवालिकाहरुलाई खाजावाट वन्चित राख्नु असहनीय अपराध गरेको अभिभावकले वताए । ‘
आकस्मिक विद्यालयको आन्तरिक वा आकस्मिक कोष छ भने त्यसबाट तत्काल नया भाडाकुडा खरिद गरेर खाजा संचालन गर्न सकिन्थ्यो, एक अभिभावकले भने, तर यसप्रति विद्यालयले लापरबाही गरेको देखिन्छ ।’ 
कहिले स्थानीय तहकाे लापरबाही , त  कतै व्यवस्थापनमा लापरबाही त कतै  खाजा खुवाउने भाँडाकुँडाको अभावमा विद्यार्थीहरू खाजाबाट बन्चित हुनु परेको अभिभावककाे गुनासो छ । 
‘नगरपालिकाले वालवालिकाकाे  दिवा खाजा बन्द गर्नु एक गम्भीर समस्या हो, जसले विद्यार्थीहरूको उपस्थिति र पठनपाठनमा प्रत्यक्ष असर पुर्‍याउँछ ।’ एक अभिभावकले भने 
‘विद्यालयमा पाँच वर्ष लामो समयदेखि खाजा बन्द हुनु पक्कै पनि दुःखद कुरा हो’  एक अभिभावकले आक्रोश व्यक्त गर्दै भने,’यसले विद्यार्थीहरूको स्वास्थ्य र पढाइ दुवैमा नराम्रो असर पुर्‍याउँछ ।’
नेपाल सरकारले कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । बजेट अभाव, व्यवस्थापनको कमजोरी आदि) बुझ्ने 
सामुदायिक विद्यालयहरूमा सञ्चालन हुँदै आएको बालबालिकाको दिवा खाजा कार्यक्रम बन्द हुनु वा यसमा अवरोध आउनु निकै संवेदनशील विषय भएको अभिभावकहरुको भनाइ छ ।