• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

भोटेकोशी बाढी पीडितलाई अमसोत कृषि सहकारीद्वारा २५  हजार  ५ सय ५५ सहयोग

भोटेकोशी बाढी पीडितलाई अमसोत कृषि सहकारीद्वारा २५  हजार  ५ सय ५५ सहयोग
न्यूज टुडे
फत्तेपुर,२५ भदौ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन वडा नम्बर ४ स्थित संचालित अमसोत सामुदायिक कृषि  सहकारी सस्था लिमिटेडले भोटेकोशी बाढिपिडितका लागि आर्थिक सहयोग गरेको छ । सस्थाले प्रधानमन्त्री दैबी प्रकोप तथा उद्वार केन्द्रको खातामा बिहीवार  रु २५  हजार ५ सय ५५ दाखिला गरेको हो।
भदौ १० गते रसुवाको भिटेकोशीमा आएको महाप्रलयमा परी जनधन गुमाउने ब्यक्तीलाई राहत होस भन्ने उदेश्यले सहयोग रकम पठाएको संस्थाका ब्यब्स्थापक रामी यादवले बताए। 
कर्मचारी र सस्थाको तर्फबाट  उक्त  सहयोग गरेको संस्थाकी अध्यक्ष सरिता योन्जनले बताइन् । संस्थाले थोरै सहयोग गरेर बाढी पीडितहरु प्रति सहानुभूति मात्र राखेको उनले बताइन् ।
संस्थाले बर्षेणी यस्ता आपतविपत्तिमा परेकाहरुलाई सहयोग पुर्‍याएर सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आइरहेको संस्थाका लेखापाल अशोक कुमार यादवले बताए ।