• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रसुवा बाढी पीडितलाई त्रीयुगा सहकारीद्वारा ८८ हजार सहयोग

रसुवा बाढी पीडितलाई त्रीयुगा सहकारीद्वारा ८८ हजार सहयोग
शिव प्रसाद आचार्य
फत्तेपुर,२५ भदौ ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ स्थित रहेको त्रीयुगा सहकारी सस्थाले रसुवा बाढिपिडितका लागि आर्थिक सहयोग गरेको छ । सस्थाले प्रधानमन्त्री दैबी प्रकोप तथा उद्वार केन्द्रको खातामा बिहीवार  रु ८८ हजार २ सय ६४ दाखिला गरेको हो।
भदौ १० गते रसुवाको भिटेकोशीमा आएको महाप्रलयमा परी जनधन गुमाउने ब्यक्तीलाई राहत होस भन्ने हेतुले सहयोग रकम पठाएको संस्थाका ब्यब्स्थापक दिपक कार्कीले बताए। 
कर्मचारीको तर्फबाट ३३ हजार एक सय ४९ रुपैया र सस्थाको तर्फबाट ५५ हजार एक सय १५ रुपैया सहयोग गरेको उनले जानकारी दिए । 
संस्थाले बर्षेणी यस्ता आपतविपत्तिमा परेकाहरुलाई सहयोग पुर्‍याएर सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आइरहेको छ।