• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा सिटी, टेम्पो तिनपांग्रे सवारी साधन तोकिएको स्थानबाट मात्र संचालन गर्न पाइने

राजविराजमा सिटी, टेम्पो तिनपांग्रे सवारी साधन तोकिएको स्थानबाट मात्र संचालन गर्न पाइने
न्यूज टुडे
राजविराज,२४ भदौ । 
राजविराज नगरपालिकामा संचालनमा रहेको सिटी, टेम्पो लगायत तिनपांग्रे सवारी साधन नगरपालिकाले तोकिएको स्थानबाट मात्र  संचालन गर्नुपर्ने भएको छ  । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनकोअध्यक्षतामा सिटी रिक्सा, टेम्पो चालक तथा स्थानीय सरोकारवालाहरूको उपस्थितिमा राजविराज नगरपालिकाको कार्यालयमा बुधबार बसेको बैठकमा उक्त निर्णय गरेको हो ।
तिनपांग्रे सवारी साधन नगरपालिकाले तोकिएको स्थानबाट संचालन गर्नुपर्ने सहित बैठकबाट गरेको तीनवटा निर्णयमा स्थानीय रूपमा बजार क्षेत्र भित्र लोकल रूपमा संचालित बाहेक रूटमा चल्ने तिनपांग्रे सवारी आपतकालीन अवस्था बाहेक यात्रु लिएर प्रवेश गर्न निशेध गर्ने निर्णय गरिएको छ ।
राजविराज नगरपालिका वडा नं २ मा रहेको बसपार्क संचालन सिटी टेम्पो संचालकहरूले समेत सहयोग तथा समन्वय गर्ने निर्णय गरेको छ ।
 बैठकमा राजविराज नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुभाष चन्द्र यादव,सदस्य रमानन्द देव, राजविराज नगरपालिकाका अधिकृत कल्पना देव, रोजगार संयोजक ज्योतिष कुमार यादव अखिल नेपाल यातायात संघ सप्तरीका अध्यक्ष भोगेन्द्र मण्डल, अखिल नेपाल ट्रेड युनियनका मधेस प्रदेशका अध्यक्ष केदार देव लगायतको उपस्थित रहेको थियोे ।
बैठकमा सिटी र टेम्पो चालकलाई छाडा पशुचौपायाको सास्ती  राजविराज पालिकामा छाडा पशु चौपायाको आतंकका कारण सिटी र अटो चालकले समस्या भोग्दै आएको सिटी सिटी अटो चालकले गुनासो गरे । बजारमा गाई,गोरु,बाच्छा,बाच्छी,भैंसी,पाडो,पाडी,कुकुर,सुंगुर,बाख्रा लगायत छाडा पशु चौपायाका कारण दुर्घटना हुँदै आएको र दुर्घटनाको जोखिम बोकेर सिटी र अटो चलाउनु पर्ने बाध्यता भएको नेपाल यातायात संघ सप्तरीका अध्यक्ष भोगेन्द्र मण्डलले बताए ।
राजविराज बजारमा पशु चौपायाको आतंक बजारमा अत्यधिक भएकोले छाडा पशु चौपाया नियन्त्रणको लागि पटकपटक प्रयास गरेर पशु धनीलाई चेतावनी दिएर छोडे पनि कुनै वास्ता नगरेको पाइएकोले अबका दिनमा छाडा पशु चौपाया नियन्त्रण लिएपछि फिर्ता नदिने राजविराज नगरपालिकाका नगर प्रमुख इसरत परविणले बताइन् ।
 उनले पशु चौपाया छाडा छोड्ने धनीले अब सचेत भएर आ-आफ्नो पशु चौपायालाई छाडा नछोड्न आग्रह समेत गरिन ।