रामनाथ यादव
राजविराज , २४ भदाै ।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ६ स्थित काे.मधेपुराकाे आधारभूत स्वास्थ्य चाैकी र वडा कार्यालय वर्षाै देखि शाैचालय र ट्युबवेल विनाकाे संचालनमा आएको छ । खुल्ला दिशामुक्त जिल्ला घोषणालाई चुनौती दिदै सरकारी कार्यालय नै शाैचालय र ट्युबवेल विना संचालनमा रहेको हो ।
शौचालय र ट्युबवेल अभावले सरसफाइमा समस्या आएको तथा स्वास्थ्यमा गम्भीर असर पार्ने र विभिन्न सरुवा रोगहरूको जोखिम प्रबल रहेको स्वास्थ्य चाैकीका इन्चार्ज विष्णुदेव साहले वताए । शौचालय र सरसफाई को अभावले झाडापखाला, हैजा र टाइफाइड जस्ता रोगहरू छिटो फैलिने सम्भावना रहेको उनलेे वताए ।
ट्वबेल नहुदा हात धुने समस्याले संक्रमण कीटाणु, ब्याक्टेरिया तथा भाइरसहरूले विभिन्न राेग सार्ने जोखिम रहेको स्वास्थ्यकर्मी निरज कुमार साहले वताए ।
‘स्वास्थ्य चाैकीमा चारजना कर्मचारी रहेका छन’ उनले भने, ‘जसमध्ये दुईजना पुरुष र दुईजना महिला कर्मचारीहरु कार्यरत रहेको छ ।’स्वास्थ्य चाैकीमा कार्यालय सहयाेगी नहुँदा स्वास्थ्य चाैकी फाेहर नै फाेहर हुने गरेको उनले बताए ।
शौचालयको प्रयोगपछि अनिवार्य रूपमा साबुनपानीले हात धुने पानीको अभावले सेवाग्राहीलाई सेवादिन समस्या भएको कर्मचारीहरुले वताए ।
स्वास्थ्य चाैकीमा झयाल, ढाेका नरहेको तर नाम कमाउनका लागि जनप्रतिनिधि अधुरै रहेको भवनकाे उदघाटन गर्न हतार हतार गरेर उदघाटन गरेको स्थानीयले वताए ।
कार्यालयमा पशु चौपायाले दिसापिसाब गर्ने गरेकोले फाेहर नै फाेहर हुने स्थानीयले वताए ।स्थानीय तहका जनप्रतिनिधिले खुला दिसामुक्त अभियानको खिल्ली उडाउँदै सरकारी कर्मचारीनै चर्पी छाडी खेतवारीमा जानवाध्य वनाएकाे उनलेे वताए ।
‘कार्यालयमा शाैचालय नहुँदा कर्मचारी र सेवाग्राही दिसापिसाब गर्न खेतवारी अनि पोखरी किनारमा जान्छन्’ एक स्थानीयले भने ।
स्थानीय सरकार तथा जनप्रतिनिधि र स्थानीय तहका पदाधिकारी, स्वास्थ्य कार्यालयका कर्मचारी एवम् सेवाग्राहीलाई स्वच्छ खानेपानी र दिसापिसाब गर्ने समस्याप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आएकोमा सुनुवाइ नभएको स्थानीय विरेन्द्र कुमार साहले बताए । ‘चर्पीमा मात्र दिसा गरौं, सभ्य र जिम्मेवार बनौं’ भने नाराकाे बदनाम गरेको स्थानीयले वताए ।
सेवाग्राहीलाई स्वास्थ्य र सरसफाइबारे चेतना दिने कर्मचारी नै कार्यालयमा दिसापिसाब लाग्यो भने दगुर्दै खेतवारीमा जानुपर्ने बाध्यता रहेको कर्मचारीहरु बताउँछन् । कार्यालय हिँड्ने बेला घरमै दिसापिसाब गरेर आउने गरेको स्थानीय अनमी बताउँछिन् । दिसापिसाब लागेपछि कार्यालय समयमा आफनै घरमा गएर गर्ने गरेको उनेले बताइन्।
उनले कार्यालयमा स्वच्छ खानेपानी , शौचालयकाे अभाव वर्षाै देखि खेप्दै आएको वताए । स्वास्थ्य चाैकीका कर्मचारीले दिसापिसाब लागेपछि घर नै पुग्ने गरेको उनी सुनाउँछन् । सरकारी कार्यालयकै कर्मचारी दिसापिसाब गर्न बाँसघारी र पोखरी किनार जाँदा लाजमर्दो भएको स्थानीयले वताए ।
स्वास्थ्य चाैकी र ६ नम्बर वडा कार्यालय मात्र होइन, अधिकांश सरकारी कार्यालय र सार्वजनिक शौचालयको अवस्था नाजुक नै रहेको छ ।
वडा अध्यक्ष राेशन सिंहसंग शाैचालय र ट्युबवेल बारे साेध-पुछ गर्दा उनलेे स्वास्थ्य चाैकीकाे कर्मचारीहरु सवै स्थानीय मधेपुरा गाउँकै भएकोले दिसापिसाब गर्न घर नजिकै रहेकोले घरमा नै गएर दिसापिसाब गर्ने गरेको बताए । उनीहरूलाई पहिले देखि नै आफनै घरमा गएको दिसापिसाब र पानी खाने गरेको कुनै नयाँ कुरा नरहेको वडा अध्यक्ष सिंहले वताए ।
वडा कार्यालय स्थानीय एक विद्यालयको काेठामा कार्यालय संचालन गरिदै आएको छ । वडा कार्यालयमा नत शाैचालय छ , नत ट्वबेल छ । सरकारी कार्यालयमा शाैचालय, स्वच्छ पानीको अभाव हुनु जनप्रतिनिधिहरुको कमजोरी भएको भन्दै सेवाग्राहीहरुले आक्रोश पाेख्दै आएका।छन् ।