रामनाथ यादव
राजविराज , २३ भादाै
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका-५ स्थित काे.वरसाइन गाउँमा सुरक्षित सुत्केरी गराउन उदघाटन गरिएको वर्थिङ सेन्टर साढे चार वर्षदेखि अलपत्रमा परेको छ । चौबीस घण्टे सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण कार्य सम्पन्न भएको बर्थिङ सेन्टर अलपत्रमा परेको हो ।
दक्ष जनशक्ति र आर्थिक अभावका कारण अलपत्रमा परेको स्थानीयले वताए । ग्रामीण भेगका गरिव,असहायले प्रत्यक्ष लाभ लिन सक्ने बर्थिङ् सेन्टर गाउँपालिकाकाे लापरबाहीका कारण संचालन हुन नसकेर बन्द अवस्थामा रहेको स्थानीयको आरोप छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे स्वीकृत वजेटवाट स्वास्थ्य चाैकी काे.बरसाइनमा निर्माण सुरू भएको उक्त बर्थिङ्ग सेन्टरकाे समुदघाटनमै सीमित रहेकाे स्थानीयले जानकारी दिए ।
पछिल्लो समय बर्थिङ्ग सेन्टर संचालन गर्न गाउँपालिकाले विभिन्न वाड गरि चारवटा वर्थिङ सेन्टर संचालन गर्ने लक्ष्य लिएका थिए । तर अहिले दुईवटा वर्थिङ सेन्टर एउटा वडा नम्बर २ लाैनियामा र एउटा वडा नम्बर ८ ताेपामा संचालन रहेको स्वास्थ्य शाखा प्रमुख शैलेश झाले वताए ।
काे.वरसाइन स्वास्थ्य चाैकीकाे वर्थिङ सेन्टरमा अहिलेसम्ममा एकजना महिलालाई मात्र सुत्केरी गराएको काे. वरसाइनकाे इन्चार्ज मनाेज देवले वताए
दक्ष जनशक्ति र कर्मचारीकाे अभावले प्रसूति गृहले पूर्णता नपाउँदा गाउँपालिकाका स्थानीय महिलाहरू चेकजाँच र प्रसूति सेवाका लागि बाहिर जानु पर्ने बाध्यता रहेको स्थानीयले वताए ।
वि.स. २०७९ चैत १५ गते वर्थिङ सेन्टरकाे गाउँपालिका अध्यक्ष अरुण कुमार मंडलले उदघाटन गरेका थिए । उदघाटन गरेको साढे चार वर्ष वित्न लाग्दा पनि संचालन गराउन नसक्नु गाउँपालिकाकाे कमजाेरी रहेको स्थानीयको भनाइ छ । स्थानीयको स्वास्थ्यप्रति गाउँपालिका कतिको गैर- जिम्मेवार रहेको प्रष्ट भइरहेको स्थानीय बताउँछन् ।
वडा नम्बर – ५ का वडाअध्यक्ष ललन प्रसाद राउतले कर्मचारीकाे अभावले वर्थिङ सेन्टर बन्द भएको वताए । अहिले त्यहाँ चार जना कर्मचारी र एकजना कार्यलय सहयोगी रहेको छ । उदघाटनमा वडा कार्यालयकाे वजेटवाट वर्थिङ सेन्टर चलाउने प्रतिवद्वता गरेका थिए । तर प्रतिवद्वता भाषणमा नै सीमित रहेको स्थानीयले वताए ।
प्रमुख प्रशासकीय अधिकृत सराेज कुमार कर्णले दक्ष जनशक्ति र कर्मचारीकाे अभावमा संचालनमा समस्या आएको वताए ।गाउँपालिका अध्यक्ष अरुण कुमार मंडलसंग सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन ।