न्यूज टुडे
राजविराज,२२ भदौ ।
जनता समाजवादी पार्टी नेपालका नेता दिनेश कुमार यादवले रसुवाको भोटेकोशी बाढी पीडितका लागि एक लाखबढी सहयोग गरेका छन् । जसपा नेपालद्वारा संकलित रसुवा बाढी पीडित राहत तथा उद्धर कोषमा सोमबार नेता यादवले १ लाख ११ हजार १ सय ११ रुपैया जम्मा गरेका हुन् ।
राजविराज नगरपालिका ३ घर भएका नेता यादवले बाढी पीडितका लागि राहत तथा उद्वारमा सानो सहयोग गरेको बताए । नेता यादव जसपा नेपालका मधेस प्रदेश समितिका मुख्य सचिव, सप्तरी जिल्ला अध्यक्ष लगायत पार्टीको विभिन्न जिम्मेवारीमा रहेर कुशल भुमिका निर्वाह गरिसकेका छन् ।
यसैगरि जसपा नेपालकै अर्का युवा नेता प्रभाकर यादव ( मनोज) ले ५१ हजार सहयोग गरेका छन् । उनी जिल्ला समन्वय समिति सप्तरीका पूर्व सभापति समेत हुन् । जसपा नेपालले बाढी पीडितको राहत र उद्वार कार्यका लागि २५ लाख सहयोग गर्ने घोषणा गरेको छ ।