• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा जबर्जस्ती करणी आरोपमा मुखिया पक्राउ

सप्तरीमा जबर्जस्ती करणी आरोपमा मुखिया पक्राउ
न्यूज टुडे
राजविराज, २२ भदौ ।
सप्तरीमा छिमेकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सप्तरीको तिरहुत गाउँपालिका १ धनपुरीका बर्ष २८ को चन्दन मुखिया पक्राउ परेका हुन् ।
गत २०८३ भदौ १९ गते शुक्रबारको दिन छिमेकी २८ बर्षीया महिलालाई जबर्जस्ती करणी गरेको मुखियामाथि आरोप रहेको छ ।  महिलामाथि  जबर्जस्ती करणी गरि फरार रहेका मुखियालाई खोजतलासको क्रममा गाउँमै लुकीछिपी बसेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
मुखियामाथि जबर्जस्ती करणी मुद्दा  दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरी अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी बजारमा भएको दुर्घटनामा बस चालक सप्तरीको सुरुङ्गा नगरपालिका २ बस्ने बर्ष ३१ को साजन विश्वकर्मा पक्राउ परेका छन् ।  
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र-१-०२-००२ ख ०५४३ नम्बरको बसबाट ओर्लिने क्रममा सप्तरीको कञ्चनरुप नगरपालिका ११  की बर्ष ४० की निर्मला कुमारी केसी राम घाइते भएकी थिइन् । टाउकोमा गम्भीर चोट लागेको रामको  उपचारको क्रममा अस्पतालमा शनिबार मृत्यु भएको थियो । 
पक्राउ परेका बसका चालक विश्वकर्मा विरुद्ध सवारी ज्यान मुद्दा  दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए ।