• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेसमा आमसञ्चार र मिडिया काउन्सिलद्वारा सुझाव संकलन

मधेसमा आमसञ्चार र मिडिया काउन्सिलद्वारा सुझाव संकलन
न्यूज टुडे
राजविराज,२१ भदौ । 
आमसञ्चार प्राधिकरण तथा मिडिया काउन्सिल मधेस प्रदेशद्वारा  संचार क्षेत्रको समस्या बारे सुझाव संकलन थालिएको छ  ।  सप्तरीको राजविराजदेखि आइतबारबाट मधेश प्रदेशमा सञ्चारक्षेत्रको विकासका लागि सुझाव संकलन थालिएको हो ।
सप्तरी सदरमुकाम राजविराजमा सञ्चारकर्मी र सञ्चार गृहका सञ्चालक संग सुझाव संकलन गरिएको छ ।
भावी योजना बनाउन मधेश प्रदेशका ८ वटै जिल्लामा पुगेर सञ्चारकर्मी र सञ्चारगृहका सञ्चालकहरु संग छलफल र सुझाव संकलन गर्न थालेको आम संचार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले बताए । 
प्राधिकरणका अध्यक्ष खडगाले बजेट कटौतीले चाहे जति गर्न नसकिए पनि उपलब्ध बजेट बाटै प्रदेशका ८ वटै जिल्लाका आवश्यकताका आधारमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याईने योजना बनाएको जानकारी दिए । उनले अर्थ मन्त्रालयबाट बजेट कटौती हुँदा सवभन्दा बढी लोक कल्याणकारी विज्ञापन वापतको भुक्तानीमा असर पर्ने बताए । 
“उक्त शिर्षकमा कम्तिमा एक करोड २० लाख बजेट छुट्टयाउन प्रस्ताव गरेकोमा ७० लाख मात्र छुट्टयाउँदा समस्या भएको हो, उनले भने– यस तर्फ सबै सञ्चारकर्मीले पनि आ–आफ्नो स्तरबाट पहल गरिनु जरुरी छ ।”
उनले बजेट कटौतीको नाममा संघियताको मर्मलाई भने मार्न नहुने जिकिर समेत गरे । मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष बन्दना झाले प्रदेश सरकारले सञ्चारक्षेत्रलाई बजेटको मामिलामा उपेक्षा गरेको गुनासो पोखिन् । “पहिले पनि थोरै बजेट थियो, यस पल्ट त झन् पचास प्रतिशत नै कटौती गर्ने कुरा आएको छ, झाले भनिन्–यसका लागि हामी निरन्तर मन्त्रालयमा पुगेर थप बजेटका लागि दवाव बनाई रहेका छौं ।”
नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा सञ्चारकर्मी तथा सञ्चारगृहका सञ्चालकहरुले भोग्नु परिरहेको समस्या’ बारे जानकारी गराउँदै भावी कार्ययोजनामा प्राथमिकताका साथ समेटिनु पर्ने विषय ’ सम्बन्धि विभिन्न सुझाव दिएका थिए ।