• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

थर उल्लेख नगर्दा गणकले बदमासी गर्छन् :  अध्यक्ष साह

थर उल्लेख नगर्दा गणकले बदमासी गर्छन् :  अध्यक्ष साह
न्यूज टुडे
काठमाडौ,२१ भदौ । 
मधेसी आयोगका अध्यक्ष जीवछ साहले राष्ट्रिय जनगणनामा थर उल्लेख नहुँदा गणकहरुको बदमासीले हलुवाई जातिको सही तथ्यांक आउन नसकोको बताएका छन् ।  हलुवाई समाज नेपाल द्वारा काठमाडौको नयाँ बाँनेश्वर स्थित सनराइज क्याफेमा आइतबार आयोजित उपत्यका भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले जनगणनामा साह सरनेम पछि अनिवार्य हलुवाई लेख्नु पर्नेमा जोड दिए । उनले थरमा हलुवाई नलेखाउने कारणले गणकले मनपर्दी गर्दा जनसंख्यामा हलुवाई जातिको संख्या कमी देखिएको बताए । 
कार्यक्रममा प्रमुख अतिथि हलुवाई समाजका संस्थापक अध्यक्ष शिव नारायण साह ( सुरज) ले संगठनको संरचना, जातीय उत्थान र यस जातिलाई आदिवासी जनजातिमा सुचिकृत गर्नुपर्ने माग सरकार संग राख्दै संस्थाको हितको लागि काठमाडौमा छरिएर रहेका जातिलाई एकजुट हुन आव्हान गरे । 
बाबा गणिनाथ गोविन्द पूजा समितिका उपाध्यक्ष प्रजेश साहले देशभरी छरिएर रहेका यो जातिको संगठनहरु एक हुनपर्ने बताए । बायुसेवा निगमका प्रबन्धक गौरी शंकर साहले यो जातिको नामाकरण पेशाको आधारमा गरिएको बताए ।
मेलाम्ची खानेपानी आयोजनाका  सिनियर डिभिजन इन्जिनियर संजीव कुमार साहले आज गरिएको कार्यक्रमले  काठमाडौ उपत्यका भित्र रहेका स्वजातिसंग भेट्न पाउँदा खुशी व्यक्त गरे । प्रोफेसर प्रदीप साहले केही व्यक्ति संस्थाले हाम्रो जातिको विषयमा यतिका दिन सम्म हामीलाई अन्योलमा राखेकोमा हलुवाई जातिलाई एकताबद्व हुन आग्रह गरे । 
वसन्त साहद्वारा संचालित कार्यक्रममा स्वागत बिल्टु साहले गरेका थिए । 
काठमाडौं संयोजक जीवछ साहको अध्यक्षतामा आयोजित कार्यक्रममा काठमाडौ, भक्तपुर, ललितपुरका हलुवाई जातिहरुको सहभागिता थियो । 
भेलाले जिवछ साहको अध्यक्षतामा १५ सदस्यीय उपत्यका समिति गठन गरेको छ । 
गठित समितिको महिला उपाध्यक्षमा प्रभा साह,उपाध्यक्षमा विल्टु साह,सचिबमा राजेश गुप्ता र कोषाध्यक्षमा  अनिल साह चयन भएका छन् । 
यसैगरी समितिको सदस्यहरुमा जानकी साह,भुवानेश्वर साह, राम कुमार साह,वसन्त साह,किसुनदेव साह,संजय साह,देव नारायण साह,रमेश साह,मिठाइलाल गुप्ता र शिव कुमार साह रहेका छन् ।