सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ स्थित कोशी टप्पुका बस्तीमा बाढी पस्दा स्थानीयबासीको दैनिकी कष्टकर बनेको छ । कोशी नदीमा जलसतह उत्कर्षमा पुगेर बाढी बस्तीमा पसेपछि सयौं घरका स्थानीयबासी प्रभावित भएको हो ।
दुध ओसारपसार गर्दै स्थानीय किसान । फोटो : न्यूज टुडे
गोबरगढा एक ऐतिहासिक तथा भौगोलिक रूपले सप्तकोसी नदीकाे वीचमा अवस्थित विशिष्ट बस्ती हो। नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीको भित्री भंगालो र मुख्य बहावको बीचमा टापुकाे रूपमा रहेको गाेवरगाढा गाउँवासी यतिबेला चिन्तामा परेका छन् ।
काेशीकाे वाढी घर–घरमा पस्दा सबै क्षेत्र पूर्ण रुपले प्रभावित भएपनि पशुपालन गर्ने किसान थप समस्यामा परेको स्थानीय प्रभु यादवले दु:खेसाे सुनाए ।
‘कोशी नदीको वाढीले गोबरगाढा बस्ती डुबान परेको छ’ यादवले भने, ‘ बस्तीकाे घर–घरमा बाढी पस्दा गोबरगाढावासीलाई चिन्ताले सताउन थालेको छ ।’
‘बस्तीमा वाढी पसेको हप्तौंसम्म घरमा पानी जमेकोले खाना पकाएर खान पनि समस्या भएको स्थानीय किशोर यादवले वताए ।
कुनबेला बाढी बढ्ने हो भन्ने बालबच्चालाई लिएर यहाँबाट भाग्न पनि समस्या रहेको उनले वताए ।गोबरगाढामा ७० घरका लगभग ७ सय परिवारकाे बसोबास रहेको उनले जानकारी दिए ।
उनीहरूले पशुपालन गरेर जीवनयापन चलाउँदै आएका छन्’ उनले भने,’अहिले उनीहरुलाई एक मात्र डुङ्गाको भरमा दैनिकी चलाउन बाध्यता छ ।’ वर्षेणी बाढीले बस्ती डुबान र कटानले दिक्क भैइसकेकाे यादवले वताए ।
वाढीकाे समयमा पालेका पशुचौपाया राख्नका लागि कोशी टुप्पु वन्यजन्तु आरक्षसंग समन्वय गरेको वताए ।
‘यहाँ सडक -वाटाेघाटाेकाे अवस्था र सवारी साधन नहुँदा यहाँका बासिन्दाले मुख्य बजारसम्म आउनका लागि डुङ्गाको सहारा लिनुपर्छ’ उनले भने, ‘बाढी र डुबानको जोखिमकाे सामना गरिदै दिन काटिदै आएको छौं,।कोशी नदीको बीचमा रहेकाले हरेक वर्ष वर्षायाममा कोशी ब्यारेजका ढोका खोलिँदा वा नदीको बहाव बढ्दा गाउँ पूर्ण रूपमा डुबानमा पर्ने गर्छ,। बाढीका कारण यहाँ वर्षेनी कटान र जनधनको क्षतिको ठूलो जोखिम रहन्छ।’
लगातारको वर्षाका कारणले गोबरगाढाका झण्डै आठ सय परिवार डुबानमा परेको उनले बताए ।
आम्दानीको प्रमुख श्रोत पशुपालन रहेको जानकारी दिंदै यादवले दूध विक्री गरि जीवनयापन गरिएता पनि अहिले बाढीले बाढीका कारण मारमा परेको बताए ।
उनीहरुले गाई वस्तु ,दाउरा,माछा र दूध वेचेर आफ्नो घरपरिवारकाे गुजारा चलाउने तथा छाेराछाेरीहरुलाई स्कुलमा पढाउने गरेको स्थानीय सचेन यादवले वताए । दुधकाे व्यापार गरि ३५ देखि ४० हजार मासिक आम्दानी हुने गरेको दूध व्यापारी किशोर यादवले वताए । वाढीकाे समयमा दूध संकलनमा कमी हुँदा समस्या आएको यादवले वताए ।