श्रीकृष्ण जन्माष्टमीको अवसरमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँलिकामा शनिबार नृत्यकला प्रतियोगिता आयोजना गरिएको छ । चाँदनी बजार व्यवस्थापन समितिद्वारा उक्त प्रतियोगिताको आयोजना गरेको हो।
कार्यक्रममा मञचासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
प्रतियोगितामा रुपनी गाउँपालिका ६ की प्रिया रसाइली प्रथम, अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ का सोयम जोशी,सिया चौधरी र क्रिसा चौधरीको समुह दोश्रो र अग्नीसाईर कृष्णासवरन गाउँपालिका ३ की आज्ञा चौधरीले तेस्रो स्थान हाँसिल गरेका छन् ।
बजार व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा आयोजित प्रतियोगितामा सहभागीहरुलाई प्रमुख अतिथि अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, पत्रकार बृजमान तामाङ, मुल्यांकन समितिका संयोजक केशव चौधरी लगायतकाले शिल्ड, मेडल, प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरे ।
प्रतियोगितामा उत्कृष्ट बालकलाकारहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष चौधरीले कार्यक्रमले धार्मिक तथा साँस्कृतिक सचेतना अभिबृद्वी गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै उनले बजार विकासका लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रथामिक विद्यालय इटहर्वाका प्रधानाध्यापक समेत रहेका स्थानीय सुभाष कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत क्रिमशन किड्स एकेडेमी चाँदनी चौकका प्रिन्सीपल केशव चौधरीले गरे ।
प्रतियोगितामा स्थानीय २ दर्जनबढी कलाकारहरुहरुको सहभागीता रहेकोको थियो । उक्त अवसरमा मेला समेत लागेको थियो ।