न्यूज टुडे
राजविराज,२० भदौ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजारमा बिहिवार बसबाट लडेकी महिलाको मृत्यु भएको छ। सप्तरीको कञ्चनरुप नगरपालिका ११ ठेलियाका गोपाल रामको श्रीमती बर्ष ४० को निर्मला कुमारी केसी रामको शनिबार उपचारको क्रममा मृत्यु भएको हो ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र.१-०२-००२ ख ०५४३ नम्बरको बसबाट चाँदनी बजारमा उत्रीने क्रममा लडेर केसी घाइते भएकी थिइन ।
लडेर टाउकोमा गम्भीर चोट लागेका केसीलाई प्रहरीको सहयोगमा स्थानीयले उद्वार गरि कञ्चनरुप नगरपालिका १२ स्थित धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पताल रेफर गरिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते केसीको विराटनगर स्थित न्यूरो अस्पतालमा शनिबार ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरी नियन्त्रणमा राखी आवश्यक कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीले जनाएको छ ।
मृतक महिला कंचनपुर- कमला चारलेन सडक निर्माण चाइनिज रेल्वे इन्जिनियरिङ्ग ग्रुप पूर्वी क्याम्पमा मजदुरको रुपमा कार्यरत थिइन् ।
कञ्चनरुप नगरपालिका ११ स्थित ठेलिया चौकबाट बस चढेकी उनी बिहिवार विहान ०७: ५५ बजे कार्यस्थल पुगेर बसबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन ।