• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हनुमाननगर कंकालिनी नगरपालिका छात्रछात्रा दिवाखाजाबाट बन्चित

हनुमाननगर कंकालिनी नगरपालिका छात्रछात्रा दिवाखाजाबाट बन्चित
रामनाथ यादव
राजविराज , १९ भादाै ।
सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गत रहेको सामुदायिक विद्यालयहरूमा दिवा खाजा कार्यक्रम रोकिंदा छात्रछात्रा  खाजाबाट वन्चित भएका छन् ।नगरपालिकाले खाजाकाे  बजेट निकासामा ढिलाइ गरेको हुँदा छात्रछात्राहरु दिवाखाजाबाट बन्चित भएका हुन् । 
नगरपालिकाले खाजाकाे  बजेट निकासामा ढिलाइ गरिएको हुँदां हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गत रहेको सामुदायिक विद्यालयका वालवालिकाहरुलाई नियमित रुपमा खाजा खुवाउन नसकेको प्रधानाध्यापकहरुकाे गुनासो रहेको छ । व्यवस्थापकीय लापरबाहीका कारण समयमा खाजा कार्यक्रम  बन्द गरेर वालवालिकाहरुकाे जीवनसंग खेलवाड  गरेको उनीहरुको भनाइ छ ।  नगरपालिकाले गरिव,दलित ,असहाय वालवालिकाहरुकाे  दिवा खाजा निकासा नदिंदा विद्यालयहरूले नियमित खाजा खुवाउन नसकेको प्रधानाध्यापकहरु बताउँछन्। 
कहिले स्थानीय तहकाे लापरबाही , त  कतै व्यवस्थापनमा लापरबाही त कतै  खाजा खुवाउने भाँडाकुँडाको अभावमा विद्यार्थीहरू खाजाबाट बन्चित हुनु परेको अभिभावककाे गुनासो छ । 
‘नगरपालिकाले वालवालिकाकाे  दिवा खाजा बन्द गर्नु एक गम्भीर समस्या हो, जसले विद्यार्थीहरूको उपस्थिति र पठनपाठनमा प्रत्यक्ष असर पुर्‍याउँछ’ एक अभिभावकले भने, ‘सामान्यतया स्थानीय तहबाट बजेट समयमा निकासा नहुँदा वा विद्यालयको खातामा रकम जम्मा नगर्दा  यस्ता समस्याहरू आउने गरेको  छ ।’ 
महावीर माध्यमिक विद्यालय हनुमाननगरका प्रधानाध्यापक गणेशी यादवले सरकारले नगरपालिकाले समयमा बजेट नछोड्दा विद्यार्थीलाई खाजा खुवाउन समस्या भएको बताए ।
 सामुदायिक विद्यालयका वालविकास  देखि कक्षा ५ सम्म अध्ययनरत सबै विद्यार्थीलाई खाजा  उपलब्ध गराउने नीति भएपनि  नगरपालिकाको ढिलासुस्तीले समस्या उत्पन्न हुँदा  सरकारले विद्यार्थीको आकर्षण बढाउन नि :शुल्क खाजा खुवाउने निर्णय गरेको प्रभावित भएको प्रधानाध्यापक यादव बताए । 
 स्थानीय तहले समयमा  बजेट निकासा नछोड्दा दिवाखाजा कुनैकुनै विद्यालयमा वर्षाै  देखि दिवाखाजा बन्द भएको जनता आधारभूत विद्यालय इनर्वाका प्रधानाध्यापक प्रवेश झाले वताए ।
‘यहाँका विद्यार्थीहरू सरकारले उपलब्ध गराउने नियमित ‘दिवा खाजा’बाट पूर्ण रूपमा बञ्चित हुनुपरेको दुरावस्था छ’ उनले भने, ‘नगरपालिकामा एउटा बैठक बस्छ, वैठकवाट पास भएपछि रकम पठाउने  निर्णय  गरिन्छ तर त्यो पनि हुन सकेको छैन ।’
 दलित राष्ट्रिय प्राथमिक विद्यालय इनर्वाका प्रधानाध्यापक सुरज साहले नयाँ आर्थिक वर्ष सुरु भएको डेढ महिना बढि भैसक्दा पनि बैठक बस्न नसक्नु दुर्भाग्य भएको बताए । 
 नगरपालिकाको लापरबाहीले कलिला बालबालिकाको मुखको खाजा खोसिनु र  बालवालिकाहरुकाे खाजा खाने अधिकारको हनन हुँनु स्थानीय जनप्रतिनिधिहरुको असफलता भएको भन्दै अभिभावकहरुले आक्रोश पोखेका छन् । 
शिक्षा शाखा प्रमुख हरि नारायण साहले वैठक वसिसकेकाेले चाँडै दिवाखाजा संचालन हुने जानकारी दिए ।