नर्मदेव यादव
रुपनी१८ भदौ ।
मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल मिथिला कमाण्ड जिल्ला कार्यसमिति सप्तरीद्वारा सरकार र मिटर व्याज पीडित वीचको सम्झौता कार्यान्वयनको माग राखी जिल्ला प्रशासन कार्यालयमा बिहिवार ज्ञापनपत्र बुझाएका छन् । जिल्ला अध्यक्ष विरेन्द्र सिंहको नेतृत्वमा पुगेका पीडितहरुले सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवलाई ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा सरकार र मिटर व्याज पीडित वीच भएको नौ बुँदे सम्झौता अविलम्ब कार्यान्वयन गरि समस्या समाधान गर्न जोडदार माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी यादवले ज्ञापनपत्रमा उठाइएको मागप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।