• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कक्षाकोठामा पानी जलमग्न :  वालवालिकाकाे पढाइ प्रभावित

कक्षाकोठामा पानी जलमग्न :  वालवालिकाकाे पढाइ प्रभावित
रामनाथ यादव
राजविराज , १८ भदाै । 
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ स्थित लीलजा ठाकुर आधारभूत विद्यालय हनुमाननगरमा तीन दिन देखि कक्षाकाेठामा वर्षाको पानीले जलमग्न हुदा वालवालिकाकाे पठनपाठन प्रभावित भएको छ । विद्यालयकाे  भवन गहिराइ सतहमा रहेको  हुँदा साधारण वर्षामा पनि  कक्षाकाेठामा पानी जम्दा वालवालिकाहरुकाे पठनपाठनमा अवरुद्ध भएको हो । 
 वर्षायाममा  विद्यालय छाेडेर घरमा  वस्नुपरेकाे एक विद्यार्थी  घरमा तीन दिन देखि  साधारण वर्षाकाे पानीले विद्यार्थीहरुकाे पठनपाठनमा समस्या भएको स्थानीयले बताए । बस्ने कोठा सम्म पानी जमेका कारण पाेनै चारसय वालवालिकाहरुकाे भविष्य अन्याैलमा परेको स्थानीय बताउँछन् । कक्षा कोठा भित्र पानी जमेकोले अध्ययनमा समस्या भएको विद्यार्थीले बताए । 
प्रत्येक वर्ष वर्षायाममा यस्तै समस्या  विद्यार्थी र शिक्षक कर्मचारी भाेग्दै आएका छन् ।  केही साताअघि आएको वर्षाकाे पानीले विद्यालयको कक्षाकाेठामा पानी जमेका कारण   विद्यालय भवनमा  विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक भुवनेश्वर भगतले बताए ।
स्थानीय तहलाई समस्याका लागि भनेका छौँ तर केही सुनुवाइ नभएको गुनासो गरे । ‘विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ’ उनले भने ।
कक्षाकाेठाकाे भवन हालसम्म सम्पन्न नभएको बताउँदै भगतले विद्यार्थीलाई निर्माणाधीन उक्त  भवनमा बसालेर पठनपाठन गराइरहेको जानकारी दिए । उनका अनुसार भवनको काम बाँकी छ । 
“न ढोका छ, न झ्याल, पानी आउँदा सबैभित्र आउँछ, किताब कापी सबै भिज्छ”, कक्षा ६ मा अध्ययनरत एक विद्यार्थीले भने, “भुइँमा पानी पानी मात्रै छन्, हामीलाई बस्नलाई निकै समस्या छ ।’
पठनपाठनमा समस्या हुँदा पनि स्थानीय सरकारले चासो नदेखाएको जानकारी दिँदै उनले यसरी अव्यवस्थित तरिकाले पठनपाठन गराउँदा दुर्घटनाको जोखिम बढेको बताए । उनका अनुसार वर्षाका समयमा  कोशी नदिमा पानीको बहाव बढेर विद्यालयका कक्षाकोठा पस्ने गरेको छ ।
“खोलाको पानी कक्षाभित्र आएर कोठा जलमग्न हुन्छ, हामी कहाँ बसेर पढ्ने “विद्यालयको कक्षाकाेठामा पानी जमेकाे हुदा  स-साना विद्यार्थी खेल्दाखेल्दै पानीमा डुब्ने जोखिम छ’ एक शिक्षकले भने ।
 विद्यालय परिसरमा भित्र पानी पस्ने सम्भावना रहेकाले छिटो निर्माण गर्नु आवश्यक रहेको प्रधानाध्यापक भगतले बताए । विद्यालयमा  नजिक रहेको खोलाकाे पानी काेठामा पस्दा डुब्ने जोखिम रहेको छ ‘उनले भने ‘खोलाको पानी कक्षामा पसेर पढाइ प्रभावित हुने गरेको छ ।’
हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर विरेन्द्र माझीले कोशीमा जलसतह बढेपछि विद्यालयका कक्षाकोठामा पानी जम्ने गरेकाले दोश्रो तल्ला निर्माण गरि पठनपाठनको व्यवस्था मिलाउने बताए । 
शिक्षा अधिकृत हरि नारायण साहले श्रोत साधानको अभावले विद्यार्थीहरुलाई तत्काल व्यवस्थित गर्न कठिनाइ परेको बताए ।