न्यूज टुडे
राजविराज,१८ भदौ ।
सप्तरी प्रहरीले सवारी अंगभंग मुद्दाका एक जना प्रतिवादी पक्राउ गरेको छ । सप्तरीको शम्भुनाथ नगरपालिका ७ का लून्द्रा भन्ने ओम प्रकाश विश्वकर्मालाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरी टोलीले खोजतलासको क्रममा विश्वकर्मालाई फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार विश्वकर्मालाई ४ बर्ष कैद सजाय र ३० हजार जरिवाना तोकिएको छ ।
पक्राउ परेका उनलाई कैद तथा जरिवाना भुक्तानका लागि बिहिवार सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।