• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बसबाट लडेर ठेलियाकी ३५ बर्षीया महिला गम्भीर घाइते

बसबाट लडेर ठेलियाकी ३५ बर्षीया महिला गम्भीर घाइते
न्यूज टुडे
राजविराज,१८ भदौ । 
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजारमा बिहिवार बसबाट लडेर एक ३५ बर्षीया महिला गम्भीर घाइते भएकी छन् । सप्तरीको कञ्चनरुप नगरपालिका ११ ठेलियाका गोपाल राउतकी श्रीमती निर्मला कुमारी केसी घाइते भएकी हुन् ।
महिला लडेकी बस । फोटो : न्यूज टुडे
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र.१-०२-००२ ख ०५४३ नम्बरको बसबाट चाँदनी बजारमा उत्रीने क्रममा लडेर केसी घाइते भएको स्थानीय प्रत्येक्षदर्शीहरुले बताए ।
लडेर टाउकोमा गम्भीर चोट लागेका केसीलाई प्रहरीको सहयोगमा स्थानीयले उद्वार गरि  कञ्चनरुप नगरपालिका १२ स्थित धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पताल रेफर गरिएको छ । 
दुर्घटनामा गम्भीर घाइते केसीको थप उपचारका लागि विराटनगर पठाएको तथा बस र चालकलाई प्रहरी नियन्त्रणमा राखी आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । 
घाइते केसी कंचनपुर- कमला चारलेन सडक निर्माण चाइनिज रेल्वे इन्जिनियरिङ्ग ग्रुप पूर्वी क्याम्पमा मजदुरको रुपमा कार्यरत थिइन् । 
कञ्चनरुप नगरपालिका ११ स्थित ठेलिया चौकबाट बस चढेकी उनी विहान ०७: ५५ बजे कार्यस्थल पुगेर बसबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएकी हुन् ।