न्यूज टुडे
राजविराज,१७ भदौ ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १० की एक ३५ बर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सप्तकोशी नगरपालिका ९ कमलपुरका ३२ बर्षीय दिलिप कुमार यादव पक्राउ परेका हुन् ।
२०८३ जेठ २५ गते पीडित महिलाको आफ्नै कोठामा पसी जबर्जस्ती करणी गरेको यादवमाथि आरोप छ । महिलामाथि जबर्जस्ती करणी गरि फरार यादवलाई २०८३ भदौ १५ गते कञ्चनरुप नगरपालिका ८ स्थित बेरियर चौकबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको जाहेरीको आधारमा जबर्जस्ती करणी मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।