न्यूज टुडे
राजविराज,१६ भदौ ।
सप्तरी प्रहरीले यौन दुर्व्यवहार र सवारी ज्यान मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लक्ष्मण महतो र अफरोज मिया भन्ने मो. अफरोजलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
सप्तरी जिल्ला अदालत राजविराजले यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर गरि ६ महिना कैद सजाय तोकिएको महतो र सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय तोकिएको मो. अफरोजलाई खोजतलासको क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मियालाई ३२ हजार र महतोलाई ५ हजार जरिवाना समेत तोकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले बताए ।
पक्राउ परेका दुबैजनालाई सोमबार सप्तरी जिल्ला अदालत दाखिला गरिएकोमा जरिवाना तथा कैद भुक्तानका लागि अदालतले राजविराज कारागार चलान गरेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।