आगामी २०८३ भदौ २७ गते राजविराज उच्च बार एशोसिएशनको नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानलसहित उम्मेदवारी घोषणा गरिएको छ । बृहतर गणतान्त्रिक, लोकतान्त्रिक र प्रगतिशिल समुहद्वारा आइतबार संयुक्त प्रेस विज्ञप्ति मार्फत प्यानलसहित उम्मेदवारी घोषणा गरेको जनाएको हो ।
प्यानल घोषणा गर्दै गठबन्धन आबद्ध अधिवक्ताहरु । फोटो : न्यूज टुडे
भदौ २७ गते हुने राजविराज उच्च बार एशोसिएशनको २१ औं कार्यसमितिका लागि हुने निर्वाचनमा प्यानलसहित उम्मेदवारी घोषणा गरिएको बृहतर गणतान्त्रिक, लोकतान्त्रिक र प्रगतिशिल समुहद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा गणतान्त्रिक समुहबाट अधिवक्ता पुण्य प्रसाद यादव,प्रगतिशील समुहबाट अधिवक्ता सुजित कुमार पोखरेल र लोकतान्त्रिक समुहबाट अधिवक्ता हेम नारायण चौधरीले हस्ताक्षर गरेका छन् ।
उच्च बारको स्वर्ण बर्ष भव्यताकोसाथ मनाउने,भर्खरै पूर्णता पाएको बारको भवनलाई सुव्यवस्थित संचालन गर्ने, संचालनको पर्खाइमा रहेको बारको पुस्ताकालयलाई सबैको प्रयोगका लागि सुव्यवस्थित गर्न दिर्घ प्रभावी कार्यहरू गर्न सबै कानून व्यवसायीहरुलाई संगठित गर्ने एजेन्डासहित चुनावी गठबन्धनको साथ निर्वाचनका लागी संयुक्त रुपमा सहभागी हुने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बृहतर गणतान्त्रिक, लोकतान्त्रिक र प्रगतिशिल समुहद्वारा १३ सदस्यीय कार्यसमिति र ९ जना पार्षदसहित उम्मेदवारी घोषणा गरेको जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
जारी प्रेस विज्ञप्ति अनुसार अध्यक्षमा अधिवक्ता बलराम प्रसाद सिंह,उपाध्यक्षमा अधिवक्ता विनोद पाण्डे, सचिवमा अधिवक्ता पार्वती कुमारी जोशी थारु,सह सचिवमा अधिवक्ता अस्मिता थापा र कोषाध्यक्षमा अधिवक्ता भोगी लाल यादवले उम्मेदवारी घोषणा गरेका छन् ।
यसैगरी सदस्यहरुमा अधिवक्ता राम प्रसाद यादव, अधिवक्ता सतीश कुमार दत्त, अधिवक्ता भागवत यादव,अधिवक्ता बालकृष्ण कार्की,अधिवक्ता रामनारायण चौधरी,अधिवक्ता संतोष कुमार चौधरी,अधिवक्ता राज कुमार साह र चन्द्रकान्त यादव रहेका छन् ।
यसैगरी अधिवक्ता रमेश बहादुर थापा, अधिवक्ता श्याम कुमार पोखरेल, अधिवक्ता श्यामकान्त चौधरी,अधिवक्ता मनोज देव, अधिवक्ता ललितेश्वर प्रसाद गुप्ता, अधिवक्ता बालकृष्ण ढुंगाना, अधिवक्ता रामचन्द्र मण्डल, अधिवक्ता लिलाम्बर लाल कर्ण र अधिवक्ता हेम कुमार मिश्रले पार्षदका लागि उम्मेदवारी घोषणा गरेको गठबन्धनद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।