• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
गत बुधबार रसुवामा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । भौतिक संरचनामा समेत ठूलो क्षति भएका कारण यति बेला खोजी,उद्धार र राहत पुर्याउन पनि समस्या छ । 
विपत्ति नै आएका कारण कतिपय ठाउँमा सुरक्षाकर्मी पुग्नमा ढिलाई भएको हुन सक्छ । तथापि यतिका दिनदेखि सुरक्षाकर्मी ज्यानै जोखिममा पारेर बाढीमा फँसेकाहरुको खोजी तथा उध्दारमा जुटेका जुट्यै छन् । मानवीय विपत्ति र राष्ट्र नै शोकको घडीमा रहेको यस अवस्थामा सरकारको मात्र भर पर्ने भन्दा पनि सबै पक्षले यस विपत्तिको अवस्थामा आआफ्नो स्तरबाट सहयोगमा जुट्नु पर्ने अवस्था छ । मानवीय विपत्तिको यस घडीमा मानवबाट नै सहयोगको अपेक्षा रहन्छ । सरकारले क्षमताले भ्याएसम्म काम गरिरहेकै छ । तथापि कतिपय ठाउँमा ढिलाई भएको हुन सक्दछ । भौगोलिक विकटता,सिमित स्रोतसाधनका बाबजुद पनि सरकारले काम गरि नै रहेको छ । तसर्थ भईरहेको काममा खोट लगाएर बस्ने बेला होईन यो । यस्तो अवस्थामा आफ्नो क्षमताले जति सकिन्छ त्यस अनुपातमा सबै पक्षबाट सहयोगको हात बढाउन सकियो भने त्यसबाट काम गर्नमा ठूलो मद्दत मिल्न सक्दछ । फगत आलोचना मात्र गरेर आफूलाई अब्बल देखाउन खोजेर समस्याको समाधान निस्कन नसक्ने निश्चित नै छ ।
त्यसैले रचनात्मक सुझावका साथै सरकारलाई यस विपत्तिमा काम गर्नकालागि कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने धेय राखियो भने त्यो अवश्य पनि सान्दर्भिक र उपलब्धिमूलक बन्न सक्ने छ ।