न्यूज टुडे
राजविराज,१२ भदौ ।
रसुवाको भोटेकोसीमा बुधबार आएको विनाशकारी बाढीपछि सप्तरीका विभिन्न स्थानका गरि सम्पर्क विहीन हुने संख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा शुक्रवार सार्वजनिक गरेको तथ्यांक अनुसार सम्पर्क विहीन हुनेको संख्या ३० पुगेको हो ।
भोटेकोसीमा आएको बाढीपछि तथ्यांक संकलनको क्रममा हालसम्म ३० जना सम्पर्कमा नआएको परिवारजनले बताएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ ।
प्रहरीद्वारा सार्वजनिक पछिल्लो विवरण अनुसार बोदेबर्साइन नगरपालिका ७ का सुशील कुमार चौधरी, शम्भुनाथ नगरपालिका ४ का २५ बर्षिय प्रेमसागर चौधरी,तिलाठी कोइलाडी गाउँपालिका २ का ३२ बर्षीय दिलिप कुमार मण्डल, राजविराज नगरपालिका २ का २९ बर्षीय दिपक कुमार देव, खडक नगरपालिका १० का २० बर्षीय राज पासवान, बर्ष २० का शिव कुमार पासवान, बर्ष २५ का सुरज मण्डल र बर्ष २६ का प्रेम नारायण छन् ।
यसैगरी सम्पर्क विहीन हुनेहरुमा महादेवा गाउँपालिका २ का ४४ बर्षीय देवराज इशर, ४० बर्षीय इन्द्र नारायण इशर,अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ का ३० बर्षीय अनिल कुमार विश्वकर्मा, ३५ बर्षीय ललित नारायण चौधरी, सप्तकोसी नगरपालिका ११ का ३७ बर्षीय देवनन्द चौधरी, डाक्नेश्वरी नगरपालिका ७ का २० बर्षीय नितिश कुमार पासवान,१८ बर्षीय अकलेश कुमार पासवान,तिरहुत गाउँपालिका ४ डिमनका ४४ बर्षीय रविन्द्र कुमार यादव, सुरुङ्गा नगरपालिका २ का २२ बर्षीय सरोज चौधरी रहेका छन् ।
यसैगरी तिलाठी कोइलाडी गाउँपालिका २ का ३० बर्षीय मनिष कुमार मण्डल, वडा नम्बर ४ का ३१ बर्षीय संजय साह, विष्णुपुर गाउँपालिका १ का ३५ बर्षीय अजय कुमार यादव, शम्भुनाथ नगरपालिका ८ का ३५ बर्षीय साजन चौधरी, वडा नम्बर ४ का २३ बर्षीय विताम्बर प्रसाद दास, राजगढ गाउँपालिका ३ का २६ बर्षीय राजिव कुमार सिंह, बोदेबर्साइन नगरपालिका ८ का ३५ बर्षीय शिव कुमार यादव,३२ बर्षीय देव कुमार यादव, २५ बर्षीय शचित कुमार यादव, खडक नगरपालिका ७ का २२ बर्षीय दुर्गा राम, २० बर्षीया सुनिता राम, ३ बर्षीय दिवस राम, भारत बधुवनी जिल्लाका २२ बर्षीय सरोज कुमार रौनियार सम्पर्क विहीन छन् ।
सरकार तथा सम्बन्धित क्षेत्रका प्रहरीसंग समन्वय गरि उनीहरुको खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बाढी पहिरो घटनाको ४८ घण्टा वितिसक्दा समेत सम्पर्कमा नआएकाले परिवारजन चिन्तित भएका छन् । बेपत्ता रहेका आफ्ना परिवारका सदस्यहरुको खोजी गरिदिन सरकारसंग परिवारजनले आग्रह गरेको छ ।