न्यूज टुडे
राजविराज,१० भदौ ।
राजविराजमा बुधबार मुश्लिम धर्मावलम्बीद्वारा शान्ति र्याली प्रदर्शन गरेको छ । १२( रविअव्व्ल) मोहम्मद सल्ल्ल्लाहू अलैही वसल्लमको जन्म दिनको अवसरमा मुश्लिम समाज राजविराज सप्तरीद्वारा शान्ति र्याली प्रदर्शन गरेको हो ।
‘इस्लामको पैगाम, इन्सानियतके नाम’ भन्ने मुल नाराको साथ झाकीसहित निकालिएको शान्ति र्यालीले राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको थियो ।
राजविराज ४ स्थित नुरिजामा मज्जिदबाट निकालिएको र्यालीमा राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविन, धर्मगुरुहरु, मुश्लिम धर्म आवद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि तथा मुश्लिम समुदायका अगुवाहरुले सहभागिता जनाएका छन् ।
यस पवित्र दिनले सबैमा प्रेम, सद्भाव, शान्ति, सहिष्णुता र मानव सेवाको भावना अझ प्रगाढ बनाउने तथा विविधतामा एकता र आपसी भाइचाराको सम्बन्ध अझ मजबुत बनाउँदै समृद्ध समाज निर्माणतर्फ अघि बढ्ने आयोजकले विश्वास लिएको छ ।
सप्तरीमा सम्पूर्ण धर्मावलम्बी तथा विभिन्न समुदायले यस्ता चाडपर्वलाई विशेष महत्त्वका साथ मनाउने गरेका छन् । शान्तिपूर्ण रुपमा मनाउने यस्ता कार्यक्रमहरुमा स्थानीय प्रशासनले समेत सुरक्षा व्यवस्था मिलाउने गरेको छ ।