नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा मनोज कुमार माझी चयन भएका छन् । सप्तरीको राजविराजमा शनिवार सम्पन्न नेपाल प्रेस युनियन सप्तरीको आठौँ जिल्ला अधिवेशनबाट माझी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
नेपाल प्रेस युनियन सिरहाका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरु । फोटो : न्यूज टुडे
अधिवेशनले माझीको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको निर्वाचन समिति संयोजक गणेशलाल देवले बताए ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा नवीन कुमार गुप्ता, महिला उपाध्यक्षमा ललिता कुमारी साह, सचिवमा परिष कर्ण, सह–सचिवमा रामनारायण यादव र कोषाध्यक्षमा लोकेन्द्रप्रसाद यादव चयन भएको उनले जानकारी दिए।
उनका अनुसार समितिको सदस्यहरूमा दीपेश जोशी, अशोक कुमार झा, कृष्णान्त देव, महेन्द्र सदा र गायत्री कुमारी सेठ चयन भएका छन् ।
अधिवेशनबाट केन्द्रीय पार्षदमा श्रवणकुमार देव, विनय कुमार लाल कर्ण, मुरली प्रसाद यादव, ओम प्रकाश साह, संजीब विक्रम साह र अर्जुन प्रसाद साह चयन भएका छन् ।
यसैगरी प्रदेश पार्षदमा गणेश लाल देव, रमानन्द देव, निराज कुमार मण्डल, अरुण कुमार यादव, सन्तोष कुमार साह र प्रतिमा कुमारी चौधरी चयन भएका छन् ।
युनियनको विधान अनुसार प्रदेश समितिका पदाधिकारी सदस्य स्वतः प्रदेश पार्षद रहने व्यवस्था भएकाले नरेश कुमार चौधरी, पवन मिश्र र शैलेन्द्र सिंहलाई पनि प्रदेश पार्षदमा चयन भएको अध्यक्ष मण्डलका संयोजक मुरली प्रसाद यादवले बताए ।
बन्द सत्रले यादको संयोजकत्वमा धीरेन्द्र प्रसाद साह, अर्जुन प्रसाद साह, श्रवण कुमार देव, मिथिलेश यादव, ओम प्रकाश साह तथा केन्द्रीय सचिव एवम् प्रतिनिधि अजित तिवारी सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो ।
वरिष्ठ पत्रकार गणेशलाल देवको संयोजकत्वमा शम्भुलाल देव र नरेश कुमार चौधरी रहेको निर्वाचन समिति गठन गरिएको थियो ।