• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको ट्राफिकमा दुई बर्षीय बालिकाको शंकास्पद’ मृत्युु

सप्तरीको ट्राफिकमा दुई बर्षीय बालिकाको शंकास्पद’ मृत्युु
न्यूज टुडे
राजविराज,०७ भदौ । 
सप्तरीको शम्भुनाथ नगरपालिका-३, ट्राफिक चोकमा आइतबार दुई वर्षकी बालिकाको ‘शंकास्पद’ मृत्यु भएको छ । आइतबार बिहानदेखि हराइरहेकी मोहम्मद इरफानकी छोरी खुशी खातुन दिउँसो  २ बजे मृत भेटिएको  हो । 
 खातुन दिउँसो घरपछाडिकै घारीमा मृत भेटिएको स्थानीयले बताए । उक्त प्रकरणमा उनकी सौतेनी आमा अनुसन्धानको घेरामा तानिएकी छन्।
घटनाको प्रारम्भिक अनुसन्धानले बालिकाकी सौतेनी आमा मुस्कान खातुनको संलग्नता रहेको आशंकापछि उनलाई नियन्त्रणमा लिइएको छ । 
बालिकाकी आमा रुबिना खातुनले पनि मुस्कानले नै आफ्नी छोरीको हत्या गरी झाडीमा फालेको दाबी गरेकी छिन् । बालिका बिहान पौने १० बजेसम्म पूर्व-पश्चिम राजमार्ग छेउमै रहेको घरअगाडि खेलिरहेकी बालिका अचानक हराएकी थिइन् ।
परिवारजनले खोजी गर्दा नभेटिएपछि इलाका प्रहरी कार्यालय रुपनीमा खबर गरिएको थियो । प्रहरी, परिवारजन र स्थानीयले खोज्दै जाँदा घर पछाडि घारीमा घोप्टो परेको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।  बालिकाको शव परिक्षणका लागि पठाइएको तथा  घटना बारे थप अनुसन्धान जारी रहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले बताए । । बालिकाका बुवा वैदेशिक रोजगारीमा रहेको स्थानीयले जनाएको छ ।