• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा व्यावसायिक पशुपालनतर्फ आकर्षण: आचार्य पशुपालन फर्म नमूना बन्दै

सप्तरीमा व्यावसायिक पशुपालनतर्फ आकर्षण: आचार्य पशुपालन फर्म नमूना बन्दै
उत्तम आचार्य 
कन्चनरुप , ०५ भदौ । 
सप्तरीको अग्निसाइर कृष्णसंवरण गाउँपालिका वडा नं. ६ महुली मोहनपुरमा सञ्चालित ‘आचार्य पशुपालन फर्म’ स्थानीय स्तरमा व्यावसायिक पशुपालनको बलियो उदाहरण बन्दै गएको छ। श्रीमती लिला पोखरेलको प्रोपोराइटरसिप (सञ्चालन) मा रहेको यस फर्मले व्यवस्थित रूपमा गाई र बाख्रा पालनलाई सँगसँगै अगाडि बढाएको हो ।
विगत केही समयदेखि व्यावसायिक रूपमा सञ्चालनमा रहेको यस फर्ममा हाल उन्नत जातका ५० थान खसी, बाख्रा तथा पाठापाठीहरू रहेका छन्। मासु उत्पादनका लागि बाख्रा पालनसँगै दुग्ध उत्पादनलाई जोड दिँदै फर्मले २५ थान उन्नत जातका गाईहरू समेत पालेको प्रोपोराइटर लिला पोखरेलले जानकारी दिइन्।
गाईवस्तुको सन्तुलित र पौष्टिक आहारको व्यवस्थापनका लागि फर्मले आफ्नै १ बिघा जग्गामा उन्नत जातका विभिन्न घाँस खेती समेत गरेको छ। आफ्नै जमिनमा उन्नत घाँस उत्पादन गर्दा दानाको लागत घट्नुका साथै पशुहरूको स्वास्थ्य र उत्पादकत्वमा समेत सकारात्मक सुधार आएको सञ्चालक पोखरेलले बताइन् ।
स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै परम्परागत खेती प्रणालीलाई व्यावसायिक र आधुनिक कृषि व्यवसायमा रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश यस फर्मले दिएको छ। पछिल्लो समय यस क्षेत्रका अन्य कृषकहरूका लागिसमेत यो फर्म अध्ययन र अवलोकनको केन्द्र बन्दै गएको छ।